Monday , December 18 2017
Home / Article / संबिधान सभा निर्वाचन २०७० मा भएका केहि रोचक घटना

संबिधान सभा निर्वाचन २०७० मा भएका केहि रोचक घटना

(१) डोल्पा र मुस्ताङ्गको दुई मतदान केन्द्रमा मतदान शुरु भएको तीन घण्डा भित्रैमा मतदान कार्य सम्पन्न भएका छन।

(२) अमेरीकका भुतपुर्व राष्ट्रपति तथा निर्वाचन पर्यबेक्षक जिम्मी कार्टरले एकिकृत ने.क.पा.(माओबादी) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड लगायतका उमेद्वार रहेको निर्वाचन क्षेत्रको पनि पर्यबेक्षणमा बिहानै देखि बढि ब्यस्त हुनु भएको छ ।

(३) नेपाली कांग्रेसका सभापति सुशिल कोइरालामा मतदाता शिक्षाको कमि देखियो । नेपालगंज–१३ बन कार्यालय हाता भित्रको मतदान केन्द्रमा मतदान गर्दा मसि नै लत्पतिएर अर्को चिन्हमा लाग्ने गरी गलत तरिकाले मतपत्र पट्याएकाले पुनः मतपत्र खोलेर कर्मचारीले पट्याइ दिएका छन । सो मतपत्र बदर हुने सम्भावना प्रवल छ ।

(४) दोलखा क्षेत्र नं.–१ जिरीकी ६७ वर्षकी डोल्मा जिरेल,बिरगंज – १५ का ७३ वर्षिय गौरी शंकर मानन्धर,सर्लाहकिो भक्तिपुरका ८० वर्षिय सिताराम साह र नाराययण –६ दैलेखका ७२ बर्षिय राजाराम न्यौपाने मतदान गरेर फर्किंदै गर्दा स्वर्गिय भएका छन । जस्ले गर्दा मतदान गर्नकै लागि बाँच्नु भएको रहेछ भनेर आफन्तहरुले ब्यक्त गरिरहनु भएको छ ।

(५) निर्वाचन आचार संहिताको पालना नगरेको आरोप लगाउदै ए.बि.सी.टेलिभिजन बन्द गर्न एमालेका कार्यकर्ताले उजुरी दिए पछि निर्वाचन आयोगका प्रवक्ता बीर बहादुर राईले एक बिज्ञप्ती जारी गर्दै ए.बि.सी.टेलिभिजन बन्द गर्न सरकारका नाउमा दिएको आदेश नेपालको अन्तरीम संबिधान २०६३ को धारा १५ को उपधारा २ बिपरीत भएको भनि ब्यापक बिरोध भएपछि सरकारले सो आदेश कार्यान्ययन गर्न सकेको छैन ।

(६) सुरक्षकर्मीहरुका लागि मात्र नारायणीहिटी संग्रहालय हातामा राखिएको मतदान केन्द्रमा माओबादी लडाकु समेत समायोजन भएका सेना र प्रहरीले उत्साहपुर्वक लाईन लागेर मतदान गरेका छन ।

(७) बैतडि र कैलालीको मसुरीयामा मतदान अधिकृतको लापरवाहिका कारण अर्धकट्टी सहितको मतपत्र बितरण भइ मतपेटिकामा त्यस्ता मतपत्र खसेपछि सबै मत बदर हुने सम्भावना प्रवल छ ।

(८) दैलेख र लम्जुङ्गमा ११२ वर्षिय एक/एक महिलाले मतदान गर्नु भएको छ । दिउसो १२ बजे सम्म प्राप्त जानकारी अनुसार उहाँ सबै भन्दा बढी उमेरकी मतदाता हुनुहुनु भए पनि १:३० बजे प्राप्त जानकारी अनुसार रौटहतको कर्कटकमैयाका १३० वर्षिय नवाव मिया अन्सारीले मतदान गरेपछि अहिले सम्मको रेकर्ड तोडिएको छ ।

(९) राष्ट्रपति डा.रामवरण यादवले मतदान गर्नु भएन तर अख्तियार प्राप्त पर्यबेक्षक नभए पनि पर्यबेक्षककै जस्तै गरी मतदान कार्यको अवलोकल गर्नु भएको छ ।

(१०) अछामको बाब्ला गाविसको ‘ख’ मतदान केन्द्रमा स्ट्रेचरमा मतदान स्थलमा मतदान गर्न आएकी बाब्ला -६ की हिरा बिष्टले बच्चा जन्माउनु भएको छ । मतदान गरे लगत्तै बच्चालाई जन्म दिनु भएपछी बच्चाको नाम ‘संबिधान बिष्ट’ राख्न सुझाब दिएका छन ।

(११) भक्तपुर निर्वाचन क्षेत्र नं.२ अन्तर्गत बाल बिनायक प्राथमीक बिद्यालयको बुथमा मतदान गर्न आउनु भएको एक महिलाले मतदाता शिक्षा नपाएका कारण मतपत्रमा स्वस्तिक छापको ठाउमा ल्याप्चे लगाएर मतदान गर्नु भएको छ । सो मत पनि बदर हुने प्रवल सम्भावना छ ।

(१२) हाल सम्मकै बढि देशभर ७० प्रतिशत भन्दा बढि मत खस्यो । काठमाडौंमा ८२ प्रतिशत मतदान भएको प्ररम्भिक अनुमान छ । ने.क.पा.माओबादी प्रभाव रहेको भनिएको राल्पाको थवाङ्गमा एक मत पनि खसेन ।

(१३) निर्वाचन अवधिभर देशभर १६ स्थानमा बम बिष्फेट,३७ जना पक्राउ,२४ जना घाइते भएका छन ।

Comment