Sunday , November 19 2017
Home / Entertainment / श्रीकृष्ण श्रेष्ठको निधन, अन्त्यष्ठि काठमाण्डौमा हुने

श्रीकृष्ण श्रेष्ठको निधन, अन्त्यष्ठि काठमाण्डौमा हुने

नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको २४ साउन राति निधन भएको छ।  स्थ्यमा गम्भीर समस्या भएर दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको २४ साउन राति निधन भएको निर्देशक आकाश अधिकारीले जानकारी दिएका छन्।shree1

श्रेष्ठले २३ असारमा अभिनेत्री  श्वेता खड्कासँग विवाह गरेका थिए ।   उनले निर्माण गरेको हिट फिल्म ‘कहाँ भेटिएला’बाट श्वेताले फिल्ममा डेब्यू गरेकी थिइन् ।  विवाहलगत्तै उनी उपचारका लागि भारत गएका थिए । फोक्सो पानी जमेर डिप निमोनिया भएका श्रेष्ठको अस्पतालमै निधन भएको हो ।

२०४५ सालमा ‘भूमरी’ फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ हिरो भएर अभिनय गरेको पहिलो फिल्म ‘नाता’ हो । २०४५ सालमा भूमरी फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनले छवि ओझाको फिल्म नाताबाट पूर्ण रुपमा हिरोको रोल गरेका थिए। उनी ४७ वर्षका थिए

दर्जनौं हिट फिल्म दिएका श्रीकृष्ण श्रेष्ठ नृत्यमा पनि उत्तिकै निपूर्ण थिए । उनले पछिल्लो पटक निर्माण गरेको फिल्म ‘कोहिनूर’ २३ साउनबाट प्रदर्शन भइरहेको छ । उनले आफ्नो मान्छे, आफन्त, जाली रूमाल, उपकार, ए मेरो हजुर, सुख दु:ख, हामी तीन भाइ जस्ता सफल फिल्ममा अभिनय गरेका थिए ।

उपचारका क्रममा भारतमा निधन भएका नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको शव २६ साउनमा नेपाल ल्याइने भएको छ । नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा २४ साउन राति निधन भएका अभिनेता श्रेष्ठको शव २६ साउन बिहान नेपाल ल्याइने भएको हो । अस्पतालमा पुगेका श्रेष्ठका परिवार तथा आफन्तको सल्लाह अनुसार शव काठमाडौं ल्याउन लागिएको चलचित्र निर्देशक आकाश अधिकारीले जानकारी दिए ।

उनको शव ल्याउनलाई कूटनीतिक पहल भइरहेको अधिकारीले बताए । श्रेष्ठको शव अन्तिम श्रद्धाञ्जलीका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने छ ।

 

 

Comment