Thursday , December 14 2017
Home / Australia / शेष घलेलाई सिड्नीमा स्वागत (फोटो फिचर)

शेष घलेलाई सिड्नीमा स्वागत (फोटो फिचर)

गैर आवासिय नेपाली संघका नव निर्वाचित अध्यक्ष शेष घले र अन्य पदाधिकारीहरुलाई सिड्नीमा रहेका नेपालीहरुले स्वागत गरेका छन् । एन आर एन आष्टेलिया र न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुतको कार्यालयको आयोजनामा भएको यो कार्यक्रममा घलेलाई खादा ओडायर र पुष्प गुच्छाले स्वागत गरिएको थियो । सिड्नीमा रहेका नेपाली समुदायका अगुवा डा नारायण प्रधान, महाबाणिज्यदुत दिपक खड्का र एनआरएन आष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले अध्यक्ष घले, सचिव पदमा निर्वाचित रन्जु थापा वाग्ले, प्रवक्ता मन केसी, ओसिनिया क्षेत्रीय संयोजक विष्णु हमाल र सह संयोजक भुमादेवि लिम्बुलाई स्वागत तथा बधाइ ज्ञापन गरिएको थियो ।

साथै अष्ट्रेलियाबाट आइ सि सिमा प्रतिनिधित्व गर्ने रमेश पाण्डे, डा कृष्ण हमाल, सुजाता केसी र संजिव शर्मालाई पनि स्वागत तथा बधाइ ज्ञापन गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै रमेश पाण्डे, विष्णु हमाल, डा नारायण प्रधान, मन केसी, रन्जु थापा हरी राम्जालीले घलेको कार्यकाल सफलताको लागि शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा बोल्दै घलेले नेपालमा लगानि मैत्री बातावरण बनाउने, एन आरएन को भवन निर्माण गर्ने, परोपकारी र कल्याणकारी परियोजनालाई प्रथमिकता दिने र नागरिकताको निरन्तरता, मताधिकार जस्ता मुद्दालाई कडा रुपमा उठाउने विचार राखेका थिए । एनआरएन अष्ट्रेलियका महासचिव भरत पोखरेलले संचालन गरेको उक्त कार्यक्रममा नेपइन्डोका कलाकारहरुले नृत्य र गायक समिर आचार्यको म्युजिक भिडियो पनि सर्वजनिक गरिएको थियो ।

Comment