Monday , December 18 2017
Home / Australia / शब्दमालाको चौथो वार्षिक साधारणसभा सम्पन्न

शब्दमालाको चौथो वार्षिक साधारणसभा सम्पन्न

सिड्नीमा संचालन भैरहेको नेपाली भाषा विद्यालय शब्दमालाको चौथो वार्षिक साधारणसभा नोभेम्बर १७ आईतवारका दिन ग्रेनभिल पब्लिक स्कुलमा सम्पन्न भएको छ ।sabdamala (2) अभिभावक, विद्यार्थी र शिक्षकहरुको सहभागीतामा सम्पन्न उक्त सभाले विक्रम शर्मा खरेललाई अध्यक्षमा चयन गरेको छ । यस्तै अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा नारायण कटुवाल, सचिव विन्ध्या सुब्बा, जनसम्पर्क अधिकृतमा अर्चना गुरुङ, वित्तिय अधिकृत प्रेम जोशी र शैक्षिक संयोजकमा अचला तिमिल्सिना रहेका छन् ।DSC_0779

यसैगरि अभिभावकको तर्फबाट श्याम पाण्डे र प्रविन श्रेष्ठ कार्यसमितिमा रहेका छन् ।यस्तै अन्य सदस्यहरुमा गौतम स्थापित, अनुप घले, श्यामलाल पाण्डे, राजु मल्ल र श्याम सैंजु रहेका छन् । विद्यालयद्धारा क्याम्सी र ग्रेनभिलमा संचालन भैररहेको भाषा विद्यालयमा नेपाली बालबालिकाले नेपाली भाषा तथा कलासंस्कृतिका बारेमा सिक्ने गरेका छन् ।

Comment