Wednesday , December 13 2017
Home / Australia / शनिवार पर्थमा नेपाल फेष्टिभल हुने

शनिवार पर्थमा नेपाल फेष्टिभल हुने

पर्थ/नेपाली कला संस्कृति र पहिचानबारे प्रचारप्रसार गर्ने उद्देश्यले पर्थ २८ जुन शनिबार नेपाल फेष्टिभल हुने भएको छ । पर्थको मध्य भागमा अबस्थित फरेस्ट प्लेसमा “नेपाल फेस्टिवल पर्थ २०१४” को भव्य आयोजना हुनलागेको हो । फेस्टिवलको सम्पूर्ण तयारी पुरा भएको छ मुख्य आयोजक गैर आवासिय नेपाली संघ अस्ट्रेलिया -एनआरएन) पश्चिम अस्ट्रेलिया राज्य समितिले जनाएको छ । पर्थको नेपाली समुदाय नावा, फेण्ड्स अफ नेपाल, पर्थ नेपाल, अस नेपाल को सहकार्यमा हुन लागेको नेपाल फेस्टिवलमा पर्थ र अष्ट्रेलियाका अन्य नेपाली व्यबसायीहरुको समेत् सहयोग रहेको छ । फेस्टिवलमा नेपाली खाना, शैक्षकि परामर्श, नेपाली पर्यटन प्रबर्धन लगायतका नेपाली व्यबसयको प्रबर्धन हुने खालको स्टलहरु रहने एन आर एन आई सि सि सदस्य भैरव ढकालले जानकारी दिएका छन ।Poster-NF2014

बिहान ११ बजेबाट सुरु भै बेलुकी ५ बजे सम्म चल्ने उक्त कार्यक्रममा पश्चिम अष्ट्रेलिया सरकारका प्रतिनिधिहरु, एन आर एन आइ सि सि एवं एन सि सि का प्रतिनिधि लगायतका नेपाली समुदायका अग्रजहरुको उपस्थिती रहने छ । पर्थ बाट पत्रकार दिक्पालदेव पंगेनिले जनाए अनुसार नेपाली परम्परागत नृत्य, नेपाली गीत संगीत लगायत नेपाली कला र संस्कृति झल्किने बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरिने उक्त कार्यक्रम नेपाली तथा गैर नेपाली गरी झन्डै १० औं हजारले अबलोकन गर्ने अनुमान गरिएको छ । पश्चिम अष्ट्रेलियामा पहिलो पल्ट आयोजना गरिन लागिएको यति बृहत कार्यक्रमलाई लिएर स्थानिय नेपाली समुदाय अत्यन्तै उत्साहित देखिएका छन् ।

पश्चिम अष्ट्रेलियामा नेपाली समुदाय को उपस्थिती कारीब ३० बर्ष लामो भएको मानिन्छ । २००८ यता नेपाली समुदयको जनसान्ख्यीक आकार ह्वात्तै बढेको छ । कुनै औपचारिक आकडा नभए पनि हाल पर्थ र यसका वरिपरिका क्षेत्रमा बस्ने नेपालीको संख्या झन्डै ५ -६ हजार भएको अनुमान गरिन्छ । नेपालीहरुलाई सङठित गर्दै नेपाली समुदयलाई पश्चिम अष्ट्रेलियाको बहु सांस्कृतिक समाजको हिस्सा बनाउने काम सन् २००५ देखि नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) ले गर्दै आइरहेको छ । नेपाली नयाँ बर्ष, दशै तिहार, वुद्ध जयन्ती जस्ता धार्मिक एवं सास्कृतिक महत्वका बिशेष अबसरहरुलाई बिभिन्न कार्यक्रम आयोजना मार्फत मनाउादै आएको छ । Poster-NF2014

Comment