Thursday , December 14 2017
Home / Australia / विद्यालय र बालबालिकालाई “शान”को सहयोग

विद्यालय र बालबालिकालाई “शान”को सहयोग

–विक्रम विवश
अस्ट्रेलियामा अर्थ संकलन गरी नेपालमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा विगत ४ वर्षदेखि प्रभावशालीरुपमा निरन्तर काम गर्दै आईरहेको संस्था सपोर्टिङ् हेन्डस् अष्ट्रेलिया नेटवर्क (शान) ले पर्वत जिल्लामा दुई वटा महत्वपूर्ण परियोजनाहरु सम्पन्न गरेको छ ।  यसपटक शानको पहिलो सहयोग धौलागिरि अञ्चलअन्तर्गत पर्वत जिल्लाको सरौंखोला गाविसमा पर्ने श्री वीनु माध्यमिक विद्यालयले पाएको हो । उक्त विद्यालय सो गाविसको एकमात्र मावि भएको अवस्थामा पनि भवन अभावको कारण पठनपाठन प्रभावित भैरहेको अवस्थामा शानले थप ४ कक्षाकोठा निर्माणका लागि आर्थीक सहयोग गरेको हो ।तालिम सम्पन्न भएपछि आफूले बनाएको चित्रकलासँग एक बहिरा बालक

विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदीका अनुसार सो गाविसका बालबालिकाहरु प्राथमिक तह पास गरेपछि निकै टाढा रहेको माध्यमिक विद्यालयमा पैदल यात्रा गरी जानु पर्ने वाध्यता रहेको अवस्थामा उक्त विद्यालयलाई माध्यमिक तहमा हालैमात्र वढुवा गरिएको थियो । विद्यालयको तत्कालिन आवश्यकता पुरा गर्न अस्थायी टहराहरु निर्माण गरी कक्षा सञ्चालन गरिरहेको अवस्थामा हावाहुरीले टहराहरु उडाईदिएपछि पठनपाठन नराम्रोसंग प्रभावित भएको थियो । उनी भन्छन् ‘कक्षाकोठा अभावका कारण सानो कक्षाका विद्यार्थीहरु खुला चौरमा पढ्न बाध्य भैरहेका थिए । मौसम खराव भएको अवस्थामा कक्षा नै बन्द गर्नुपर्ने वाध्यता रहेको बेला शानको सहयोगले विद्यालयको तत्कालको आवश्यकता पुरा भई ठूलो राहत महसुस भएको छ ।’

शानको दोश्रो प्रोजेक्ट पनि धौलागिरि अञ्चलमा नै सम्पन्न भएको छ । अञ्चलका सम्पूर्ण विद्यालयमा रहेका कान नसुन्ने वालवालिकाहरुलाई शानले दुई महिने व्यवसायिक चित्रकला तालिम प्रदान गरेको हो । चित्रकलाका आवश्यक सामाग्रीहरु शानले उपलव्ध गराएको अवस्थामा पर्वतका ख्यातिप्राप्त वरिष्ठ चित्रकार गणेशकुमार जि.सी.ले स्वयम्सेवीरुपमा यो काम गर्ने इच्छा देखाएपछि शानले यो महत्वाकांक्षी प्रोजेक्ट सम्पन्न गर्न सकेको हो ।

हिउँद छल्न मुस्ताङका विद्यार्थीहरु पोखरा झरेको अवस्थामा उनीहरुलाई पनि सहभागी गराउन सकिएको कलाकार जि.सी.ले बताएका छन् । चित्रकार गणेशकुमार जि.सी.को यो योगदान र लगाव आम नेपाली युवाहरुको लागि प्रेरणा हुुनसक्ने शानको बुझाई रहेको छ । उनीसँगको सहकार्यमा भविष्यमा यो प्रोजेक्ट देशभर गरिने शानको योजना छ । बोल्न–सुन्न सक्ने आम मानिसहरुभन्दा वहिरा मानिसहरुको आफूलाई अभिव्यक्त गर्ने कला विशेषप्रकार हुने र यस्ता सिपमूलक तालिमले उनीहरुलाई स्वरोजगारको अवसर सिर्जना गर्ने कलाकार गणेशकुमार बताउँछन् ।???????????????????????????????

शानका अध्यक्ष हरि क्षेत्री भन्छन्– ‘संस्थासँग आम्दानीको खासै भरपर्दो श्रोत नभएको अवस्थामा पनि ले हामीले केही साह्रै महत्वपूर्ण कामहरु सफलतापूर्वक सम्पन्न गरेका छौं । र साथसाथै आगामी प्रोजेक्टको लागि प्रपोजकहरु पनि लिईरहेका छौं ।’ उनका अनुसार संस्थामा आवद्ध भएका केही सदस्यहरुले ५० सेन्ट प्रतिदिन संस्थालाई डोनेसन दिने गरेका छन् । यसका अलावा बेला बेलामा गरिने च्यारिटि डिनरबाट संकलन हुने रकम र केही अन्य सहयोगीहरुको योगदान नै शानको आम्दानीको स्रोत रहेको छ । यस्तै कामहरुलाई निरन्तरता दिन र सम्पन्न गरिएका कामहरुको लागि अपुग रकम संकलन गर्न शानले यही जुलाई १२ तारिखका दिन रकडेलस्थित एभरेष्ट तन्दुरीको फङ्सन सेन्टरमा च्यारिटि डिनर आयोजना समेत गर्ने भएको छ । उक्त डिनरको सहयोग रकम ५० डलर राखिएको छ । डिनर कार्यक्रममा कान नसुन्ने वालवालिकाले बनाएका चित्रहरु पनि प्रदर्शनीमा राखिने शानले जनाएको छ ।

शानको वेभसाईट www.ourshan.comमा शानले गरेका र आगामी दिनमा गर्ने कामहरुका साथै यसका लागि चाहिने प्रपोजलका वारेमा सम्पूर्ण सूचनाहरु उपलव्ध छन् । स्मरणीय छ– शानले अघिल्लो वर्ष बागलुङको छिस्ती गाविसको श्री पृथ्वी प्राथमिक विद्यालयको भवन निर्माण गरिदिएको थियो ।

 

Comment