Saturday , December 16 2017
Home / Social / लुम्विनी र बुद्धबारे प्रचारगर्न रेडियो कार्यक्रम

लुम्विनी र बुद्धबारे प्रचारगर्न रेडियो कार्यक्रम

मेलवर्न/ वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले सूत्रपात भएको लुम्बिनी- कपिलवस्तु कपिलवस्तु दिवस विस्व अभियानको सहयोगमा अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित नेपाली संचार रेडियो र टिभीले गत बर्षको सफल २४ घण्टे रेडियो कार्यक्रमपस्चात आगामी २५५८ औं वुद्ध जयन्तीको पावन अबसरमा बिभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध बिभिन्न पार्टी नेता, कुटनीतिक नियोगका प्रमुख, बुद्धिजीबी, पत्रकार, कलाकार, बिदेशीहरुसंग लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित छलफल र कुराकानीको लगातार २५ घण्टे ऐतिहासिक कार्यक्रम आयोजना गर्दैछ । यस्को लागि करीब एक दर्जन एफएमहरुले ऐक्यबद्धता जनाउने भएका छन भने ऐक्यबद्धता जनाउनेहरुको संख्या थपिंदैछ । यो कार्यक्रम मेलबर्न समयानुसार आगामी मै १३ तारिखको रातको १२ बजेबाट शुरु गरी १५ तारिखको बिहान १ बजे समापन गरिनेछ ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठसंगको टेलिफोन बार्ता मार्फत उक्त कार्यक्रममा सहभागी हुन सहमति जनाउनेहरुमा पूर्व प्रधानमन्त्री एबं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराई, पूर्व मन्त्री एबं नेपाली काङ्रेसका नेता दीपकुमार उपाध्याय, पूर्व मन्त्री एबं नेपाल सदभावना पार्टीका नेता हृदयेश त्रिपाठी, यूरोपेली युनियनका लागि नेपाली राजदूत राममणि पोखरेल, फ्रान्सका लागि नेपाली राजदूत मोहन कृष्ण श्रेष्ठ, नेकपा एमालेका नेता एबं चिनका लागि पूर्व राजदूत टक कार्की, कोरियाका लागि पूर्व राजदूत कमल प्रशाद कोइराला, जापानका पूर्व राजदूत प्रो डा बिष्णु हरी नेपाल आदि हुनुहुन्छ ।

उक्त कार्यक्रमको लागि कुनै पनि ब्यक्तिले कार्यक्रमको लागि सान्दर्भिक हुन सक्ने महत्वपूर्ण सन्देश तथा जानकारी nepalisancharradio स्काइप आइडिमा गएर रेकर्ड गराउन सक्नुहुनेछ । महत्वपूर्ण ब्यक्तिहरुसंगको कुराकानी र महत्वपूर्ण जानकारीहरुलाई उहाँहरुसंगको कुराकानी प्रसारण गरेपछि प्रसारण समयमा हेर्न र सुन्न नसक्नेहरुका लागि पछि हेर्न र सुन्न सक्ने सुबिधा युट्युब मार्फत गराइनेछ ।25 Hours Program with Special Participants

Comment