Friday , December 15 2017
Home / Australia / लुम्बिनीले जित्यो प्यासिफिक कलेज वन डे क्रिकेट

लुम्बिनीले जित्यो प्यासिफिक कलेज वन डे क्रिकेट

सिड्नी/ नेप्लिज अस्ट्रेलिया क्रिकेट एसोसियसनको आयोजनामा विगत ५ महिना देखि संचालन भैरहेको प्यासिफिक कलेज वन डे क्रिकेट प्रतियोगिताको उपाधी लुम्विनी क्रिकेट क्लवले जितेको छ । आइतवार अवन स्थित क्रिकेट मैदानमा भएको खेलमा वेस्टन युनाइटेडलाई हराउदै लुम्विनीले यो उपाधी रक्षा गरेको हो । आयोजक संस्थाका अध्यक्ष अजय क्षेत्रीका अनुसरा टस जितेर लुम्विनीले फिल्डिङ रोजेको थियो भने वेस्टन युनाइटेडले ६० रन बनाएर सबै विकेट गुमाएको थियो । लुम्बिनीले वेस्टन युनाइटेडले दिएको ६१ रनको सहज लक्ष्य १३ ओभरमा सहजै पुरा गरेको थियो । cricket
प्रतियोगिताको म्यान आफ द म्याच लुम्विनीका दिपेन्द्र भट्टराई भएका थिए । यस्तै बेस्ट बलर सुमित मान श्रेष्ठ, बेस्ट ब्याट्सम्यान मुकेश रेग्मी र म्यन अफ द सेरिज अजय पौडेल भएका थिए । विजयी खेलाडिहरुलाई प्यासिफिल कलेजका प्रमख प्रदिप ढकाल, एन आर एन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली र एनआरएन ओसिनिया संयोजक बिष्णु हमालले पदक तथा मेडल पुरस्कार वितरण गरेका थिए । फोटो सौजन्य एम एन टिभी

 

Comment