अस्ट्रेलियन लिभरल पार्टीले नेपाली समुदायलाई लक्षित गरेर “लिभरल फ्रेण्डस् अफ नेपाल” गठन गर्ने भएको छ । कार्यक्रम संयोजक श्री नापितका अनुसार आउने १० जुन एभरेष्ट तन्दुरी फङ्सन सेन्टर रकडेलमा सााझ ६:३० बजे बाट यो कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा सिनेटर तथा हुमन सर्भिस मन्त्री मेरिस पायने, खेलकुद मन्त्री स्टुवार्ट यार्स, बार्टन क्षेत्रकाका संसद निक बर्भारिस, न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का, लिभरल पार्टीका न्यु साउथ वेल्स अध्यक्ष क्रिस डोवेनर, निर्वाचन सहयोग समितिका अध्यक्ष रोवर्ट ओरेल पनि उक्त कार्यक्रममा सहभागि हुने बताईको छ ।
नेपाली समुदायका सदस्य र सत्तारुढ लिभरल पार्टीबीच सम्बन्ध बढाउन यो कार्यक्रम सहयोगि हुने नापितले बताए । कार्यक्रम सम्बन्धी थप जानकारीका लागि बिवेक थापा ०४१३२५८६७८ र श्री नापित ०४२१७४९१४० लाई सम्पर्क गर्न सकिन्छ ।