Saturday , December 16 2017
Home / Featured News / लन्डन स्थित एपोलो थिएटरको छत खस्दा ८० भन्दा बढी घाइते

लन्डन स्थित एपोलो थिएटरको छत खस्दा ८० भन्दा बढी घाइते

शो चलिरहेको बखत एपोलो थिएटरको छत अचानक खसेर करिब ८० जना घाइते भएका छन् |d0fcf44a9ff2652a460f6a70670043ad

साफ्ट्सबरी स्थित एपोलो थिएटर करिब ११२ बर्ष पुरानो हो | सो थिएटरमा द क्युरियस इन्सिडेन्ट अफ द डग इन द नाइट टाइमको प्रदर्शनी भइरहेको थियो | प्रदर्शनी हेर्न भरिभराउ भएको सो थिएटरमा घटना भएको समयमा करिब ७२० जना रहेको बताइएको छ |  सामान्यतया क्रिसमसको समयमा थिएटरहरु ब्यस्त हुने गर्दछन |britain-theater-collapse

लन्डन फायर ब्रिगेडका अनुसार ८१ जनालाई सामान्य चोटपटक लागेको र ४ जनालाई गम्भीर चोटपटक लागेपनि खतरामुक्त रहेका छन् |

थिएटरको प्लास्टर उप्किन सुरुपछि बिद्द्युतीय सामानहरु खस्न थालेको थियो | अपोलो थिएटरको आसपासमा निर्माणको काम भइरहेपनि छत खस्नुको कारण नभएको पनि बताइएको छ | केहि मिनेटमा नै आपातकालीन एम्बुलेन्स र फायर ब्रिगेडको सक्रियताले घटनामा घाइतेको समयमै उद्दार भएको थियो | अहिले सो क्षेत्रलाई घेर्बर गरेर सुरक्षित राखिएको छ |apollo

फेब्रुअरी १९०१ मा स्थापित सो चार तल्ले थिएटरमा करिब ७७५ सिटहरु रहेका छन् |

Comment