Friday , December 15 2017
Home / Sports / लक्ष्य विश्वकप नेपालको आज युएईसँग भिड्दै, Live Updates

लक्ष्य विश्वकप नेपालको आज युएईसँग भिड्दै, Live Updates

२०१५ एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले सोमबार युएई संग प्रतिस्पर्धा गर्दै छ | युएई दुबई अभ्यास खेलमा बिजयी भएको थियो भने नेपाल दुबई खेलमा पराजित भएको थियो | आजको खेलमा पारस खडका खेल्ने छन् सुबाश खकुरेललाई अझै आराम दिइने छ | अघिल्लो एसीसी ट्रफीमा नेपालले युएईलै समुह चरणमा हराउन सफल भएपनि फाइनल खेलमा बराबरी गरेर उपाधि बाँडेको थियो |

पारस खड्काको अनुपस्थितिमा कम्जोर देखिएको नेपालको मध्यक्रम पारसको उपस्थितिले बलियो हुने आशा लियिएको छ | नेपालको सुरुवात अनिल मण्डल र महेश छेत्रीले गर्ने छन् | अनिल राम्रो लयमा देखिएका छन् भने बिनोद भण्डारी, प्रदिप ऐरी र पृथु बास्कोटा पनि लयमा फर्किनुले नेपालको मनोबल थप बढाएको छ | नेपालका भेट्रान स्पिनर शक्ति गौचनले पनि विकेट लिन असक्षम देखिरहेकोमा केन्यासँगको अभ्यास खेलमा उत्कृस्ट बलिंग गर्न सफल भएका थिए |

Comment