Wednesday , December 13 2017
Home / Featured News / राष्ट्रिय ध्वजावहाक नयां स्वरुपमा

राष्ट्रिय ध्वजावहाक नयां स्वरुपमा

nepal airlianceराष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाजको स्वरुप फेरिने भएको छ । ४४ वर्ष पछि निगमले आफ्ना साना, ठूला र अर्डर गरिएका नयां जहाजको स्वरुप फेर्न लागेको हो ।
जहाजलाई नयाँ स्वरूप दिन बाहिरी आवरण परीक्षणका लागि गत कात्तिकमा नमुना मागिएको थियो । प्राप्त भएका ६२ वटाको डिजाइनमध्ये निगमले एउटा छनोट गरेको हो । अबको नयाँ स्वरूपलाई चित्रकार विश्वास पोखरेलले तयार पारेका हुन् । निगमले नयाँ स्वरूप भए पनि आकाश भैरवको प्रतिविम्ब, राष्ट्रिय झन्डा तथा नीलो र सिमि्रक रङलाई भने कायमै राखेको छ ।
डिजाइन बनाउँदा जहाजलाई चराको स्वरूप दिने खालको आकृति तयार पारिएको छ । यसमा जहाजको पुच्छरमा वेभी आकारमा रहेको सिमि्रक र नीलो रङसँगै चन्द्र र सूर्य बनाइएको छ । अहिले चलिरहेको डिजाइनमा जहाजको ककपिटनेर आकाश भैरव, पाइलट ढोकानिर नेपालको झन्डा अंकित छ । त्यस्तै चन्द्र र सूर्यको लोगो निगमको नामको मुनि राखिएको छ । नयाँमा निगमको नामलाई आकाश भैरव र नेपाली झन्डाले बन्द गरिएको छ ।
आकाश भैरव विमान कम्पनीको प्रतीकका रूपमा लिइन्छ । जसरी यसलाई राखिएको छ, यसले जहाजको सुरक्षाको प्रतीकको काम गर्छ । नयाँ आवरण तयार गर्ने पोखरेलले निगमबाट काठमाडौं-क्वाललम्पुर- काठमाडौंको टिकट जितेका छन् ।

Comment