Thursday , December 14 2017
Home / Featured News / राष्ट्रपतिको निर्वाचन गर्नु नपर्ने सर्वोच्चको निर्णय

राष्ट्रपतिको निर्वाचन गर्नु नपर्ने सर्वोच्चको निर्णय

राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त माग गर्दै दायर रिट निवेदन खारेज भएको छ ।

न्यायधीश गिरिशचन्द्र लालको एकल इजलासले अन्तरिम संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको पदावधीबारे स्पष्ट व्यवस्था भएकोले पदमुक्त गर्नुपर्ने माग सहितको रिट निवेदन खारेज गरेको हो ।dr ram saran mahat

सर्वोच्च अदालतले संविधानसभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि राष्ट्रपति र उपराष्ट्रपतिको पदावधी कायम रहने कुरामा विवाद गरिरहनु नपर्ने ठहर गरेको सहायक प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

व्यवस्थापिका संसदले राजनीतिक प्रश्नको निराकरण गर्ने भन्दै सर्वोच्चले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजीनामा गर्न बाध्य गराउन नसक्ने ठहर गरेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको पदावधी तथा राजिनामाबारे निर्णय गर्ने अधिकार संसदमा रहेकाले आफ्नो क्षेत्राधिकार बाहिरको विषयमा अदालतले फैसला नगर्ने भन्दै रिट निवेदन खारेज गरेको सहायक प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

रिट निवेदन खारेजसँगै राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त गर्ने नगर्ने टुङ्गो व्यवस्थापिका संसदले लगाउने छ । चुनावबाट नयाँ जनादेश आएकाले राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त गर्न या राजिनामा गराउन बाध्य पार्ने माग दावी सहित अधिबक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नु भएको थियो ।

Comment