Monday , December 18 2017
Home / PaperPublished / राष्टपति बारे नयां बहस (हिमाल खबर)

राष्टपति बारे नयां बहस (हिमाल खबर)

Prachnda-Sushil-Jhalanat1-jpgसंविधानसभा निर्वाचनपछि वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई नै निरन्तरता दिने वा नयाँ संविधानसभा गठनसँगै राष्ट्रपति र उपराष्ट्रपति पनि नयाँ छान्ने भन्ने बहस शुरु भएको छ ।

नेकपा एमालेका केही नेताहरु राष्ट्रपतिलाई चुन्ने ब्यवस्थापिका संसदका सदस्यहरु नयाँ भएकाले राष्ट्रपति पनि नयाँ बनाउनु पर्ने भन्नेमा छन् भने नेपाली कांग्रेस वर्तमानलाई निरन्तरता दिने पक्षमा देखिएको छ । यद्दपी एमालेले राष्ट्रपतिको नयाँ निर्वाचन गर्ने वा नगर्ने बारेमा औपचारिक धारणा बनाइ सकेको छैन ।
नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म अहिलेकै राष्ट्रपति यथावत् रहने बताएका छन् ।
झापामा १४ मंसीरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री सिटौलाले भने, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने न कुनै संवैधानिक प्रावधान छ, न कुनै कानूनी प्रबन्ध नै ।
अन्तरिम संविधानमा नयाँ संविधान जारी नभएसम्म राष्ट्रपति पद रहिरहने उल्लेख भएकोले राष्ट्रपतिको चुनाव हुने भन्ने प्रश्न नै नरहने उनले जिकिर गरे ।
तर एमाले सचिव शंकर पोखरेल भने संविधानसभा- ब्यवस्थापिका संसद सदस्यहरु नयाँ आइसकेको अवस्थामा अहिलेकै राष्ट्रपतिले निरन्तरता नपाउने बताउँछन् ।
एमाले अध्यक्ष झलनाथ खनाल भने राष्ट्रपति नयाँ बनाउने वा वर्तमानलाई नै निरन्तरता दिने भन्ने विषयमा नेपाली कांग्रेससँग छलफल गरी टुंगो पुग्ने बताउँछन् । १३ मंसीरमा कान्तिपुर टेलिभिजनको कार्यक्रममा बोल्दै उनले भने, ँराष्ट्रपतिका बारेमा संवैधानिक ब्यवस्था पनि हेर्नुपर्छ र विशेष गरी यो नेपाली कांग्रेस र एमालेबीचको सहमतिको आधारमा तय गरिनेछ ।
वर्तमान राष्ट्रपतिलाई नै निरन्तरता दिने भए नयाँ प्रकारको समझदारी आवश्यक पर्ने एमाले नेताहरुको भनाई छ ।
नयाँ संविधानसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस वर्तमान राष्ट्रपतिलाई निरन्तरता दिने र सरकारको नेतृत्व पनि आफूले गर्ने बताइरहेका बेला एमालेका अधिकांश नेताहरु भने नेपाली कांग्रेसले राष्ट्र प्रमुख वा कार्यकारी प्रमुखमध्ये एक रोज्नु पर्ने बताइरहेका छन् ।

Comment