Friday , December 15 2017
Home / Nepal / राप्रपामा नेतृत्व विवाद, चन्दद्वारा आफैलाई अध्यक्ष घोषणा

राप्रपामा नेतृत्व विवाद, चन्दद्वारा आफैलाई अध्यक्ष घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले आफूलाई पार्टी अध्यक्ष घोषणा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता चन्दले पूर्व सहमति अनुसार अध्यक्ष सुर्यबहादुर थापाको एक वर्षको अवधि सकिएको भन्दै आफैलाई अध्यक्ष घोषणा गरेका हुन् ।चाबहिलस्थित पार्टी कार्यालयमा १९ जेठमा पत्रकार सम्मेलन गरेर चन्दले आफू पार्टी अध्यक्ष भएको घोषणा गरेका छन् ।

RPP

उनले १८ जेठदेखि थापको कार्यकाल सकिएको र पार्टीमा भ्याकुम आउन नदिन अध्यक्षको जिम्मेवारी लिएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी र जनशक्ति पार्टीबीच पार्टी एकताको बेला नेताहरु पालैपालो अध्यक्ष हुने सहमति भएको थियो ।

चन्दको घोषणा कार्यक्रममा प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे लगायतका नेताहरुको उपस्थिति थियो । थापाले नेता पशुपति शमसेर राणालाई अध्यक्ष बनाउने तयारी गरेपछि चन्द पक्षले हतारमै अध्यक्ष घोषणा गरेको बुझिएको छ ।

दुवै पक्षले केन्द्रीय समितिमा आफ्नो बहुमत रहेको दावी गरेका छन् । चन्दले अध्यक्ष घोषणा गरेपछि थापाले आफ्नै निवासमा आफू निकट नेतालाई डाँकेका छन् ।

Comment