बेलायतकी महारानी एलिजाबेथ आफ्ना केहि राजकीय अधिकारहरु युबराज चार्ल्सलाई सुम्पने भएकी छिन | रानीले आफुमा निहित अरु अधिकारहरुपनि बिस्तारै युबराज चार्ल्सलाई हस्तान्तरण गर्ने राजदरबार स्रोतले जनाएको छ | यो आउने अप्रिलमा रानीको उमेर ८८ बर्षको हुनेछ र उनले सत्तारोहण गरेको पनि ६६ बर्ष पुग्दैछ | रानीको स्वास्थ्य स्थिति एकदम राम्रो रहेको भएपनि बुढ्यौलीको कारण उनमा निहित कार्यहरु बिस्तारै युबराज चार्ल्सलाई हस्तान्तरण गर्न रानी राजि भएकी हुन् |
नेदरल्याण्डकी रानी बित्रिक्सले आफ्नो उत्तराधिकारी युबराज विलेम अलेक्स्जेन्डरलाई सत्ता सुम्पेपछि बेलायतकि रानीलेपनि सत्ता सुम्पिने आंकलन गरिएको थियो तर बेलायति राजपरिवारमा एडवार्ड आठौँले बाहेक अरु कसैले आफ्नो स्वेच्छाले राजगद्दी सुम्पेका छैनन् |
बेलायतमा अधिकार हस्तान्तरणको पहिलो कदम अनुरुप रानी र युवराजको प्रेस कार्यालयलाई मर्ज गरिनेछ जसलाई युबराज चार्ल्सले सम्हाल्नेछन | रानी सरिक हुने केहि समारोह तथा सामुदायिक गतिविधिमा समेत युबराज चार्ल्सको सहभागिता हुनेछ |
रानीले तत्कालै भने राजगद्दी नसुम्पने पनि राजदरबारले जनाएको छ | कार्य हस्तान्तरण समयानुसार बिस्तारै हुने र रानीले आफ्नो अधिकारलाई कम गर्दै लाने पनि बुझिएको छ |
दोस्रो बिश्वयुद्दको ७०औं बार्षिकी कार्यक्रममा उपस्थित हुन भ्रमणमा रानी संगै युबराज चार्ल्स पनि सरिक हुनेछन | यस भ्रमणलाई रानीले बिदेशमा गर्ने अन्तिम राजकीय भर्मंको रुपमा हेरिएको छ |

युबराज ह्यारी र विलियम्स
त्यसैगरि युबराज चार्ल्सले पनि आफ्ना केहि कार्यभारहरु युबराज विलियम्स र ह्यारीलाई सुम्पने भएका छन् | युबराज ह्यारी र विलियम्स दुवैजनाले दरबारको कार्यमा धेरै ध्यान दिनुपर्ने भएर शाही सेनाको हेलिकप्टरको पाइलटको ड्युटी त्यागिसकेका छन | युबराज ह्यारी भने शाही सेनाको क्याप्टेनको कार्यभार सम्हालिरहेका छन् |