Sunday , June 24 2018
Home / Entertainment / राजेश केसीको आर्य सार्वजनिक

राजेश केसीको आर्य सार्वजनिक

सिड्नीमा सक्रिय गायक राजेश के.सीको पहिलो एकल गायन एल्वम आर्य विमोचन भएको छ । रकडेलमा रहेको थर्ड आई बार एण्ड विष्ट्रोमा फेब्रुवरी २८ शुक्रवार साना बालबालिकाहरुको हातबाट आर्यको विमोचन गरिएको थियो ।Arya cover

संगित पे्रमी नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थितिमा के.सी ले उक्त एल्बमका प्राय सबै गित गाएका थिए । आफ्नो छोराको नाम बाटनै के.सीले एल्बमको नाम राखेका छन् । सातवटा गित संग्रहित यो एल्बममा लोक, आधुनिक तथा पप सबै प्रकारका गित संग्रहित भएको केसीले सिमापारी डट कमलाई बताए ।

धेरै पहिलेदिने नै बुबाको गायनबाट प्रभावित भएका के.सीले पुरानै शैलिमा घर त बन्दिपुर बोलको गित यो एल्बममा समावेश गरेका छन् । उनको यस अघि तिन तारा संयुक्त एल्बम सर्वजनि भैसकेको छ ।

आगामि दिनमा अझ खारिएको गायन प्रस्तुतिका लागि संगीत साधनामा अझ जोड दिने पनि उनले बताए ।

Comment