Thursday , February 22 2018
Home / Nepal / राजदुत नेपालद्धारा फिजीमा ओहोदाको प्रमाणपत्र पेश

राजदुत नेपालद्धारा फिजीमा ओहोदाको प्रमाणपत्र पेश

प्यासिफिक टापु देश फिजी गणतन्त्रका लागि नेपाली राजदुत रुद्र कुमार नेपाल ले त्यहााको राष्टपति रथु इपेली नैलाटिकु समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । शुभा स्थित राष्ट्रपति निवासमा नोभेम्वर ५ मंगलवार आयोजित विशेष समारोहमा राजदुत नेपालले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । नवनियुक्त राजदुत नेपाललाई स्वागत गर्दै राष्ट्रपति नैलाटिकुले नेपाल र फिजी बहु सास्किृतिक, धार्मिक र जातिय समाज भएका विकाससिल देश भएको र लामो समायदेखि संयुक्त राष्ट्रसंघ मार्फत विश्वमा शान्ति कायम राख्न सक्रिय रहेको विचार राखेका थिए । भेटघाटमा दुइ देशबीच पर्यटन, ब्यवासर अन्य सहकार्य गर्न सकिने साझा चासोका क्षेत्रका बारेमा छलफल भएको दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा राजदुत नेपालले नेपालमा हुन लागेको संविधान सभा चुनाव र अन्य समसामयिक परिस्थितिका बरेमा राष्ट्रपतिलाई जनकारी गराएका थिए । साथै राजदुत नेपालले दुई देश बिचको सम्बन्ध भविष्यमा अझै विस्तार र विविधिकरण हुादै जाने विचार राखेका थिए । राजदुत नेपाल अस्ट्रेलियाका लागि आवासिय राजदुत हुन भने न्यूजिल्याण्ड र फिजि पनि उनको कार्यक्षेत्र भित्र पर्छ ।

Comment