Tuesday , December 12 2017
Home / Featured News / राजदुत नेपालद्धारा न्यूजिल्याण्डमा ओहोदाको प्रमाणपत्र पेश

राजदुत नेपालद्धारा न्यूजिल्याण्डमा ओहोदाको प्रमाणपत्र पेश

न्यूजिल्याण्डका लागि नेपाली राजदुत रुद्र कुमार नेपालले त्यहााको गर्भनर जनरल जेरी मट्टेपारे समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । गएको सेप्टेम्बर ३ मंगलबार राजधानी अकल्याण्ड स्थित गर्भनर जनरलको निवासमा राजदुत नेपालले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

न्यूजिPicture 3 Guard of Honourल्याण्डका आरोही सर एडमण्ड हिलारी र तेन्जिङ्ग नेर्गेले ६० वर्ष अघि सगरमाथा आरोहण गरेको स्मरण गर्दै राजदुत नेपालले दुई देश बिचको सम्बन्ध भविष्यमा अझै विस्तार र विविधिकरण हुादै जाने विचार राखेका थिए । सो अवसरमा गर्भनर जनरलले नेपाल र न्यूजिल्याण्ड बिच नागरिक र राज्य स्तरमा धनिष्ट सम्बन्ध कायम रहेको स्मरण गर्दै भविष्यमा अझै सहयोगका क्षेत्र बढ्दै जानेमा आस्वस्त गराएका थिए ।

राजदुत नेपाल अस्ट्रेलियाका लागि आवासिय राजदुत हुन भने न्यूजिल्याण्ड र फिजि पनि उनको कार्यक्षेत्र भित्र पर्छ ।

Comment