Tuesday , December 12 2017
Home / Australia / राजकुमार विलियम स- परिवार अस्ट्रेलियाको भ्रमणमा आउने

राजकुमार विलियम स- परिवार अस्ट्रेलियाको भ्रमणमा आउने

 बेलायती युवारज विलियम, श्रीमति केट र भर्खरै जन्मिएको छोरा जर्ज सँगै अस्ट्रेलियाको भ्रमणमा आउने भएका छन् । राजदरवारका पदाधिकारीहरुले दिएको जनकारी अनुसार युवराज विलियमको परिवारले आउने अप्रिलमा अस्ट्रेलिया र न्युजल्याण्डको भ्रमण गर्न लागेको हो ।423391

नव युवराज जर्जको यो पहिलो विदेश भ्रमण हुने बताईएको छ । अप्रिलमा जर्ज मत्र ९ महिनाको हुने बताइएको छ । अस्ट्रेलिया र न्युजल्याण सरकारको निमन्त्रणामा यो भ्रमण हुन लागेको हो ।
अस्ट्रेलिाया भ्रमणका क्रममा राजपरिवारले न्यु साउथ वेल्स राज्यको ग्रामिण भेगमा रहेका कृषि फार्महरुमा समय विताउने बताइएको छ ।

068841-royal-baby-kate-wills
युवराज विलियम तिन वर्षअघि सन् २०११ मा क्विन्सल्याण्डको बाढी प्रभावित क्षेत्रको भ्रमणकालागि अस्ट्रेयिा अएका थिए ।

Comment