Friday , December 15 2017
Home / Featured News / रसियामा दन्त मन्जन बमको त्रास

रसियामा दन्त मन्जन बमको त्रास

अमेरिकाले रुसमा भैरहेको  शीतकालीन ओलम्पिक खेलका लागि उडान भर्ने विमान कम्पनीहरुलाई दन्त मन्जन ‘टुथपेष्ट बम’ बाट सावधान रहन भनेको छ । अमेरिकाको अन्तरिक सुरक्षा विभागले अमेरिकी मिडियाहरुलाई भनेको छ कि टुथपेष्टमा विस्फोटक पदार्थ लुकाएर विमानका तस्करी हुनसक्छ ।winter_olympics_av2

यसको प्रभाव रुसलाई पर्नेछ, जहाँ शीतकालीन ओलम्पिकको तयारी भइरहेको छ । यद्यपि सुरक्षा विभागले अहिले अमेरिकासँग कुने खास खतराको सूचना नरहेकेा समेत बताएको छ । रुसमा ७ देखि १३ फेब्रुअरीसम्म शीतकालीन ओलम्पिक हुँदैछ । खेलका क्रममा हुन सक्ने खतराको सामना गर्न भन्दै अमेरिकाले काला सागरमा आफ्नो दुई युद्धतोप तैनाथ गरेको छ ।

गत डिसेम्बरमा वोल्गोग्रादमा भएको दुई आत्मघाति विस्फोटपछि सुरक्षा चिन्ता बढेको छ ।

 

Comment