Tuesday , December 12 2017
Home / Featured News / युबराज सिंहको घरमा ढुंगा प्रहार

युबराज सिंहको घरमा ढुंगा प्रहार

आइसिसी टि२० विश्वकप फाइनलमा भारत पराजित भएको झोंकमा भारतीय क्रिकेट समर्थकहरुले युबराज सिंहको घरमा ढुंगा प्रहार गरेका छन् | गए राति श्रीलंका बिरुद्ध भएको फाइनल खेलमा युबराज सिंहले कमजोर प्रदर्शन गरेका थिए | उनले २१ बल खेलेर ११ रन मात्र जोड्न सके | उनले धेरै बल खर्चदा अर्को तर्फ आक्रामक ब्याटिंग गरिरहेका बिराट कोहलीले भने कमै स्ट्राइक पाएका थिए |

युबराज सिंहका पिता योगराज सिंहले भने भारतको हारको कारण युबराज सिंहलाई मात्रै भन्न नमिल्ने भनेका छन् |

स्मरणीय छ २००७ को आइसिसी टि२० विश्वकप र २०११ को आइसिसी एक दिवशीय विश्वकप भारतलाई जिताउन युवराज सिंहले महत्वपुर्ण योगदान दिएका थिए |

Comment