Saturday , December 16 2017
Home / Featured News / युक्रेनमा गरेको सैनिक हस्तक्षेप नागरिक सुरक्षानिम्ति : रुस

युक्रेनमा गरेको सैनिक हस्तक्षेप नागरिक सुरक्षानिम्ति : रुस

जिनिभामा राष्ट्रसंघीय मानव अधिकार परिषद बैठकलाई सम्बोधन गर्दै रुसका विदेशमन्त्री सेर्गेई लाभ्रोभले युक्रेनका अति राष्ट्रवादीहरु त्यहाँका अधिकंश समस्याका कारक रहेकोले राजनीतिक स्थिति साम्य नहुञ्जेल रुसी सेना त्यहाँ रहिरहने बताए।

पश्चिमा देशहरुले युक्रेनको सार्वभौमसत्तामाथिको अतिक्रमणको निन्दा गरेपनि रुसले त्यहाँको क्राइमिया क्षेत्रमा नियन्त्रण जमाइराखेको छ। सेभ्यास्तोपोलस्थित बीबीसी सम्वाददाता मार्क लोवेन भन्छन्, “त्यहाँ रहेका युक्रेनी सेनाका दुई प्रमुख अखाडाहरु घेराबन्दीमा पारिएका छन् भने विमानस्थल लगायतका मुख्य सँरचनाहरु कब्जामा लिइएका छन्।”1779198_10151918035447217_1392875464_n

रुसबाट आएका हजारौं सेनाको अघिल्तिर युक्रेनको सैन्य उपस्थिति नगन्य देखिएको छ। युक्रेनी नौसेनाका कमाण्डरहरुले कियभप्रति आफ्नो वफादारी व्यक्त गरेका छन्।

सैन्य परिचालन

रुसी विदेशमन्त्री लाभ्रोभका अनुसार युक्रेनमा राजनीतिक स्थिति स्थिर नभएसम्म उनको देशको सेना त्यहाँ आवश्यक छ। रुसको संसदले सैन्य परिचालनका निम्ति राष्ट्रपति भ्लादिमिर पुटिनलाई अख्तियारी प्रदान गरिसकेको छ। विदेश मन्त्री लाभ्रोभका अनुसार रुसनिकट राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताच्यूत गरिएपछि अब त्यहाँ रहेका रुसी जनता तथा रुसीभाषीहरुमाथि अतिराष्ट्रवादीहरुले मानव अधिकार हनन गर्नसक्ने हुनाले उसले सेना पठाएको हो। लाभ्रोभले पश्चिमाहरुद्वारा रुसमाथि आर्थिक प्रतिबन्ध लगाउन दिएका धम्कीहरुको निन्दा गरेका छन्।

अमेरिकी सरकारले रुसद्वारा युक्रेनको सार्वभौमसत्ताको हननको निन्दा गरेको छ। उसले जुन महिनामा रुसको सोचीमा हुन लागेको विकसित मुलुकहरुको सँगठन जी ८ को बैठकको तयारीमा आइन्दा भाग नलिने चेतावनी दिएको छ। ब्रसेल्समा युरोपेली सँघका विदेशमन्त्रीहरु आपतकालीन बैठक बस्दैछन्।

राजनीतिक समर्थन

राजधानी कियभ पुगेका ब्रिटिश विदेशमन्त्री विलियम हेगले युक्रेनको वर्तमान अवस्थालाई २१ औँ शताब्दीमा यूरोपले सामना गरेको सबभन्दा ठूलो समस्या भएको बताए। उनले भने, “यो समस्यासँग जुध्न पश्चिम जगतमा हाम्रा सबै कूटनीतिक सामर्थ्य अनि शक्ति आवश्यक छ।”

कियभमा युक्रेनका प्रधानमन्त्री आर्सेनिय यात्सेन्युकले क्राइमिया कब्जा गर्ने सबै प्रयासहरु विफल हुने जनाएका छन्।

उनले तत्कालका निम्ति सैनिक उपायबारे छलफल नगरिएको जनाए। बरु उनले अन्तर्राष्ट्रिय आर्थिक एवँ राजनीतिक समर्थन चाहेको बताए। युक्रेन संकटले रुसको सट्टाबजारमाथि पनि प्रभाव पारेको छ। अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको निकै अवमूल्यन भएको छ।

Comment