Wednesday , December 13 2017
Home / Featured News / मोदी भारत फर्किय, नेपाल भ्रमण सफल

मोदी भारत फर्किय, नेपाल भ्रमण सफल

नेपालको दुई दिने औपचारिक भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्किएका छन् । भारतीय प्रधानमन्त्री मोदी १९ साउन साँझ स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशील कोइराला लगायत मन्त्री, उच्च सरकारी अधिकारीले विदाइ गरे ।XAdC2iC - Imgur

उनी भारतीय वायु सेनाको विशेष विमानबाट भारत फर्किएका हुन् । नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला सहित प्रमुख दलका नेतालाई भेटेका थिए । उनले व्यवस्थापिका संसद बैठकमा संबोधन समेत गरेका थिए ।

विभिन्न दलका शीर्ष नेतासँग मोदीको भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदीले १९ साउनमा प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गरेका थिए । बौद्धस्थित हायात होटलमा उनले नेकपा एमाले, एमाओवादी, मधेशी दलका शीर्ष नेतासँग भेटवार्ता गरेका हुन् ।

भेटपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मोदीसँगको भेट अत्यन्त फलदायी, उपलब्धिपूर्ण रहको तथा भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको प्रतिक्रिया दिए । भेटमा मोदीले नेपालको आर्थिक विकासको निम्ति सहयोग गर्न आफूहरू तयार रहेको बताएको ओलीले जानकारी दिए ।

पत्रकारको प्रश्नमा ओलीले छलफलकै क्रममा रहेकाले विद्युत् विकास सम्झौता (पीडीए) र विद्युत् व्यापार सम्झौता (पीटीए) हुन नसकेको बताए । तर, पीडीए र पीटीए रोकिएको भन्न नमिल्ने तर्क गरे ।

एमाले नेताहरूसँगको भेटलगत्तै मोदीले एमाओवादीका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए । भेटपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले छलफलले नेपाल र भारतको सम्बन्धको नयाँ आयामको शुरुवात भएको टिप्पणी गरे । भेटमा आफूहरू अहिले राजनीतिक सङ्क्रमणकालको अवस्थामा रहेको तथा शान्ति प्रक्रियालाई पूर्णता दिएर जनताको भावनाअनुरूप संविधान निर्माण प्रक्रियामा रहेको मोदीलाई जानकारी गराएको दाहालले बताए ।

यस्तै, मोदीले मधेशी दलका नेतासँग पनि छलफल गरेका थिए । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न भारत सहयोग र सदभाव गर्न तयार रहेको बुझिएको बताए । महतोले आफूहरूले विशाल र अधिकार सम्पन्न मधेस स्वायत्त रहेको भन्ने सम्बन्धमा जोड दिएको बताए ।

Comment