Friday , December 15 2017
Home / Featured News / मोदी काठमाण्डौमा, कोइरालाद्धारा स्वागत

मोदी काठमाण्डौमा, कोइरालाद्धारा स्वागत

दुई दिने औपचारिक नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुगेका छन् । साढे ९ बजे नयाँ दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेष विमानमार्फत नेपाल उडेका मोदी आइतवार विहान १० बजेर ५० मिनेटमा काठमाडौको त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

प्रधानमन्त्री सुशील कोइरालाले मोदीलाई विमानस्थलमै पुगेर स्वागत गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा नेपाली सेनाको टुकुडीले ल१९ तोपको सलामी दिएको थियो भने दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।sushil-and-modi

मोदीलाई स्वागत गर्न सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्य, मुख्यसचिव लीलामणि पौडेल, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए । मोदी प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आएका हुन् ।

यसैवीच मोदीले नेपाली सकमक्षी कोइरालासँग आजै भेटवार्ता गर्ने कार्यक्रम छ । भेट २:३० मा प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा हुनेछ । लगतै दुई देशबीच द्धिपक्षीय वार्ता हुनेछ । त्यसअघि मोदीलाई उनी बसेकै होटल हायातमा परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री मोदीले आजै संविधानसभा/व्यवस्थापिका संसदलाई सम्बोधन गर्नेछन् । मोदीले रोष्टममै उभिएर सम्बोधन गर्नेछन्, उनका लागि रोष्टम नजिकै पोडियम बनाइएको छ । २०४६ को जनआन्देनालनपछि विदेश राष्ट्र एवं सरकार प्रमुखले रोष्टममा उभिएर संसदलाई सम्बोधन गर्न लागेको यो पहिलो पटक हो ।

मोदीले करिव ४० मिनेट सम्बोधन गर्नेछन् । त्यसअघि सभामुख सुवास नेम्वाङसँग भेटवार्ता गर्नेछन् । भेटमा नेम्वाङले इलामे चिया खुवाउनेछन् ।

 

Comment