Sunday , November 19 2017
Home / Featured News / मोदीले धर्मपुत्र जिम्मा लगाए

मोदीले धर्मपुत्र जिम्मा लगाए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसँगै बस्दै आएका नेपाली युवक जीतबहादुर सारुमगरलाई उनका परिवारसँग पुनर्मिलन गराइदिएका छन् । jeet_bahadur

१८ साउन विहान आफूसँगै जीतबहादुरलाई लिएर आएका मोदीले उनका परिवारलाई ह्यात होटलमा भेटघाट गराइदिएका छन् । नवलपरासीको कावासोती–१ का जीतबहादुर सारु मगर १० वर्षको छँदा आफ्ना दाजुसँगै रोजगारीका लागि भारत गएका थिए । त्यसबेला दाजु दशरथ नेपाल फर्किए पनि उनी भने दिल्लीमै घरेलु कामदार भएर बसेका थिए ।

तर काम गर्ने ठाउँ फेर्दै जाँदा उनी राजस्थान, मुम्बइ हुँदै गुजारतको अहमदावादसम्म भौतारिएका थिए । त्यसैक्रममा मोदीसँग भेट भएपछि मोदीले उनको लालन पालन र शिक्षाको बन्दोबस्त गरे । मोदीले घरको सदस्य जस्तै ब्यवहार गर्ने २७ वर्षे जीतबहादुर अहिले स्नातक अन्तिम वर्षमा गुजरातमै पढ्दैछन् । मोदी प्रधानमन्त्री भएपछि भने उनी होस्टेलमा बस्दै आएका छन् ।

मोदीको नेपाल भ्रमण टोलीमा सहभागी भएका जीतबहादुरलाई मोदीले परिवारसँग ह्यात होटेलमा भेट गराइदिएका हुन् । भारतीय दूतावासको सहयोगमा जीतबहादुरकी आमा, दाजु, भाउजु र बहिनीलगायत १७ साउनमै नवलपरासीबाट काठमाडौं आइसकेका थिए ।

 

Comment