Thursday , December 14 2017
Home / World / मोदीको पहिलो भ्रमण भुटान

मोदीको पहिलो भ्रमण भुटान

नयाँदिल्ली, (एजेन्सी) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने सम्भावना रहेको र उनी आफ्नो पहिलो विदेश भ्रमणका क्रममा छिमेकी हिमाली राष्ट्र भुटान पुग्ने सरकारी सूत्रले शुक्रबार जनाएको छ।get_img

गत महिनाको चुनावमा अत्यधिक बहुमतले विजयी भएपछि २६ मेमा आयोजित शपथग्रहण समारोहमा दक्षिण एसियाली नेताहरूलाई आमन्त्रण गरेका मोदी व्यापार र लगानी प्रवद्र्धनका लागि सकारात्मक विदेश नीति अपनाउने पक्षमा रहेका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता सयद अकवरुद्धिनले भारतको विदेश नीतिको प्रमुख प्राथमिकतामा छिमेकी राष्ट्रहरू पर्ने बताएका छन्। गत महिना चुनाव जितेको दिनमा मोदीलाई ओबामाले अमेरिका भ्रमणको निम्तो दिएका थिए। साथै जापानी प्रधानमन्त्री सिन्जो आवेसँग निकै सुमधुर सम्बन्ध बनाएका मोदीले जुलाईमा जापानको भ्रमण गर्न सक्ने पनि बताइएको छ।

Comment