Thursday , December 14 2017
Home / Featured News / मोदीको नेपाल भ्रमण तालिका

मोदीको नेपाल भ्रमण तालिका

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ५१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहान १०:५० बजे विशेष विमानमाबाट त्रिभुवन विमानस्थल अवतरण गरेपछि प्रधानमन्त्री सुशील कोइरालाले उनलाई स्वागत गर्नेछन्। उनको सम्मानमा नेपाली सेनाले सम्मानगारत र १९ तोपको सलामी दिनेछ। विमानस्थलबाट उनी सिधै आफू बस्ने बौद्धस्थित होटल ह्यात जानेछन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे साढे १२ बजे त्यहीँ पुगेर मोदीलाई शिष्टाचार भेट गर्दै कार्यक्रमबारे जानकारी गराउनेछन्। 

narendra_modi_14_08_2013ह्यातमा दिउँसोको खाना खाएपछि मोदी साढे २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री कोइरालासँग आधा घन्टा ‘वान टु वान’ कुराकानी गरेपछि दुवै देशका प्रधानमन्त्री तीनदेखि चार बजेसम्म चल्ने नेपाल–भारत द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। बैठकमा नेपाल र भारतका ९/९ जना सदस्य रहनेछन्। बैठक सकिएलगत्तै चार बजेपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही सहमतिपत्रमा हस्ताक्षर कार्यक्रम हुनेछ।सहमतिपत्रमा हस्ताक्षर कार्यक्रम सकिएपछि मोदी साढे ४ बजे बानेश्वरस्थित संसद भवन पुग्नेछन्। १५ मिनेट सभामुख सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरेपछि मोदीले ४:५० बजेबाट ४० मिनेट संसदलाई सम्बोधन गर्नेछन्। त्यसपछि उनी होटल ह्यात फर्किने कार्यक्रम छ। भारतीय दूतावासले होटल ह्यातमा साँझ साढे ६ बजेबाट एक घन्टासम्म गर्ने रिसेप्सनमा पनि उनी सहभागी हुनेछन्। त्यसपछि उनी प्रधानमन्त्री कोइरालाले उनको सम्मानमा साँझ ८ बजे सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्। डेढ घन्टा त्यहाँ बिताएपछि उनी होटल ह्यात फर्कनेछन्।

सोमबार बिहान साढे ९ बजे भारतीय प्रधानमन्त्री मोदी पशुपतिनाथ पुगी दर्शन र पूजाअर्चना गर्नेछन्। त्यसपछि उनी ११:१५ बजे शीतल निवास पुगी राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आधा घन्टा कुराकानीपछि राष्ट्रपतिले मोदीको सम्मानमा शीतल निवासमै दिवाभोज आयोजना गर्नेछन्। दिवाभोजबाट होटल ह्यात फर्केपछि मोदीलाई भेट्न क्रमशः नेकपा एमालेका अध्यक्ष केपी ओली १:१५ बजे, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल १:४५ बजे, मधेसीवादी दलका नेता २:१५ बजे जानेछन्। मोदीले तीन बजेबाट आधा घन्टा ह्यातमै व्यापारिक समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी ३:४५ बजे पाटन र भक्तपुर दरबारको अवलोकनमा निस्कने छन्। मोदीको सोमबार ५:३५ बजे स्वदेश फर्कने कार्यक्रम छ।

Comment