Monday , December 18 2017
Home / Australia / मेलवर्नको घोडा दौड ओलिभरले जिते

मेलवर्नको घोडा दौड ओलिभरले जिते

विश्वभर चर्चित घोडा दौड “मेलवर्न कप”को उपाधी घोडचडी (जकी) डामिन ओलिभर ले  हात पारेका छन् ।  । यो संगै उनले तेस्रो पटक यो उपाधी जितेका हुन् । ६ नाम्बरको कालो रङको गाइ वाटरहाउस  घोडाको साथमा ओलिभरले यो उपाधि चुम्न सफल भएका थिए ।

मंगलवार मेलवर्नको फ्लेमिङ्टनमा रहेको रेस कोर्समा भएको अन्तिम प्रतियोगितामा  ३२ सय मिटर लामो रेस कोर्स दौडेर ग्रीन मुनले यो वर्ष ६२ लाख अष्ट्रेलियन डलर नगद पुरस्कार र मेलवर्न कप जितेको हो । झण्डै चार सय घोडाहरु मध्येबाट अन्तिम छनोटमा परेका २४ वटा घोडा आज मैदानमा दौडिएका थिए।

आज भन्दा एक सय ५२ वर्ष अघि सन् १८६१ मा शुरु भएको यो प्रतियोगिता हरेक बर्ष नोभेम्वरको पहिलो मंगलवार आयोजना गरिन्छ । प्रतियोगितामा दौडने विभिन्न घोडाको नाममा बाजी राख्ने चलन रहेको छ । आज अष्ट्रेलियाका जुवा घरमा आफूलाई मन परेको घोडाको पक्षमा हजारौले बाजी थाप्छन् । रेस कोर्ष र टीभिबाट लाखौले प्रत्यक्ष प्रसारण हेरेका थिए । भिक्टोरीया सरकारले आज राज्यमा सार्वजनिक विदा दिने गरेको छ । त्यसैले हिजो आज यो दौडलाई “देशलाई ठप्प पार्ने दौड” पनि भनिन्छ ।

Comment