Saturday , December 16 2017
Home / Australia / मेलवर्नको कोबर्ग पुस्तकालयमा नेपाली शाखा

मेलवर्नको कोबर्ग पुस्तकालयमा नेपाली शाखा

Melbourn library 1मेलवर्न स्थित कोबर्ग लाईब्रेरीमा नेपाली भाषको पुस्तकहरुको संग्रह संचालनमा आएको छ ।  अपि्रल १५ मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी कोबर्ग लाईब्रेरीमा नेपाली संग्रहको औपचारिक शुभारम्भ गरिएको थियो । लाईब्रेरीमा नेपाली भाषा, साहित्य, काला संस्कृति सम्बन्धी पुस्तकहरु, नेपालको ईतिहास, भुगोल र राजनीति सम्बन्धी पुस्तकहरु, बालकथा एवं बाल साहित्य, नेपाली भिसिडीहरु, नेपाली पत्रपत्रिकाहरु उपलब्ध गराइएको छ ।
नेपाली संग्रह सार्वजनिक कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली बाणिज्यदुत चन्द्र योञ्जनले मोरल्याण्ड धेरै नेपालीहरुको घर बनेको विचार ब्यक्त गरेका थिए । उनले पुस्तकालयमा राखिएका नेपाली भाषाका पुस्तकका साथै सम्बन्धीत सामाग्रीहरुले अष्ट्रेलियामा स्थाई बसोबास गर्दै आएका नेपालीहरुका साथै अष्ट्रेलिया सरकारले पुर्नस्थापनाको ब्यवस्था गरिदिएको नेपालीभाषी भुटानीहरुको लागी निकै लाभदायी हुने दाबी गरेका छन्  ।
कार्यक्रममा भिक्टोरियन बहुसाास्कृतीक समितिका अध्यक्ष चिन तानले अष्ट्रेलियामा बसोबास गरीरहेका नेपाली समुदायको अथक परिश्रम र लगावका कारण नै नेपालीहरुले विदेशमा समेत स्वदेशी पुस्तकको संकलन गरेर नेपालको भाषा संरक्षण र प्रबर्द्धन गर्ने तर्फ अगाडी बढाएको बताए ।
Melbourn library 2कार्यक्रममा मोरल्यान्ड सिटि काउन्सिलका मेयर लाम्ब्रोस टापिनोसले लाईब्रेरीमा पुस्तक उपलब्ध गराएकोमा नेप्लिज असोसियसन अफ भिक्टोरिया र ग्लेनरोय भुटनिज सिनियर  ग्रुपलाई धन्यवाद ज्ञापन दिएका थिए ।
मोरल्याण्ड सिटि काउन्सिलमा रहेको यो लाइव्रेरी भिक्टारियाकै दोस्रो धेरै भाषाका पुस्तक सुविधा भएको लाईब्रेरीका रुपमा चिनिन्छ । यहाा विभिन्न १७ थरीका भाषाका पुस्तकहरु उपलब्ध छन् जहाा भिक्टोरियाका बारेमा विभिन्न आधिकारीक तथ्यांकका साथै यस स्थानका बारेमा जानकारीहरु समेत उपलब्ध छन् ।
यसअघि न्यु साउथ वेल्स राज्यको सार्वजनिक पुस्तकालयले नेपाली शाखा स्थापन गरको छ साथै सिड्नीको रकडेल सिटी काउन्सिलको पुस्तकालयमा पनि नेपाली भाषाका पुस्तक उपलब्ध छन् ।

Comment