Monday , December 18 2017
Home / Australia / मेलबर्नमा मानसिक स्वास्थ्यबारे कार्यशाला सम्पन्न

मेलबर्नमा मानसिक स्वास्थ्यबारे कार्यशाला सम्पन्न

मेलबर्न/मेलबर्नमा सक्रिय नेपली सामुदायका प्रतिनिधिहरुलाई मानसिक स्वास्थ्यबारे जानकरी दिने उद्देश्यले यही मे २५ आइतबार एक कार्यशाला सम्पन्न भएको छ ।
भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूतको कार्यालयमा भएको उक्त कार्यशालामा नेपाली प्रौढहरुमा बढ्दै गएको मानसिक स्वास्थ्यसम्बन्धी समस्याको पहिचान र आवश्यक परामर्श र उपलब्ध उपचार सेवाका बारेमा छलफल भएको थियो । अस्ट्रेलियाका आदिबासी र नेपालका उत्पीडनमा परेका समुदायलाई स्मरण र सम्मान गरेर शुरु भएको उक्त कार्यक्रम अस्ट्रेलिया नेपाल पब्लिक लिंक (एएनपिएल)को आयोजनामा भएको थियो । mental health photo
कार्यक्रममा एएनपिएलका अध्यक्ष तथा स्वास्थ्यकर्मी भरत नेपालले नेपाली समुदायमा मानसिक समस्या भएकाहरुप्रति हेर्ने दृष्टिकोण र संस्थाले मानसिक स्वास्थ्यका क्षेत्रमा गरका कामहरुबारे जानकारी गराएका थिए । कार्यशालामा डा. चन्द्र दीपक पोखरेलले मानसिक स्वास्थ्यको बारेमा सहभागीहरुलाई आधारभूत जानकारी उपलब्ध गराएका थिए । साथै, डा. पोखरेलले स्थानीय जीपीदेखि विशेषज्ञसम्मलाई भेट्नका लागि उपलब्ध सेवाहरुको बारेमा बोलेका थिए ।
अर्का मानसिक स्वास्थ्य विशेषज्ञ डा. अनुपम पोखरेलले समस्याको क्लिनिकल उपचारका पक्षमा बोल्दै मानसिक समस्या भएकाहरुका परिवार, साथीहरुको भूमिकाको साथै आत्महत्या जस्तो सोच मनमा आउँदा के गर्न सकिन्छ भन्ने बारेमा विभिन्न सामाग्रीहरु प्रस्तुत गरेका थिए ।
स्थानीय अल्फ्रेड अस्पतालका मानसिक स्वास्थ्यसम्बन्धी नर्सहरु भिकी नर्थ र सान्दर बुल्कीले मानसिक समस्या लिएर अस्पताल आउने नेपालीहरुका बारेमा बोलेका थिए । एएनपिएलका सदस्य निराजन गौलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले एउटा गम्भिर विषयमा कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए । सहभागी सबै समुदायका प्रतिनिधिहरुले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए ।


- See more at: http://nepalipatra.com/news/detail/7114/19//.meroml#sthash.YK5ka2uG.dpuf

Comment