Saturday , December 16 2017
Home / Australia / मेची अञ्चल अस्पताललाई अस्ट्रेलियाका नेपालीको सहयोग

मेची अञ्चल अस्पताललाई अस्ट्रेलियाका नेपालीको सहयोग

khukuri club अस्ट्रेलियाको सिड्नीमा बस्ने नेपालीहरुले पूर्वको मेची अञ्चल अस्पताललाई अत्यावश्यक उपकरणहरु उपलब्ध गराएका छन् । सिड्नी स्थित नेपालीहरुको संथा खुकुरी नेप्लीज क्लबले तीन लाख तिस हजार रुपैया बराबर को अस्पतालमा भर्ना भएका बिरामीहरुको सुबिधाका लागि आवश्यक बेड साइड लकर” उपलब्ध गराएको हो । पर्याप्त गुणस्तरीय साधन श्रोत, दरबन्दी अनुसारको दक्ष चिकित्सकको अभावमा स्वास्थ्य सेवा निरंतर ओरालो लागि रहेको बोला अस्पताललाई अस्ट्रेलियामा बस्ने नेपाली युवाहरुले सहयोग उपलब्ध गराएका हुन् । क्लबले उपलब्ध गराएको सय थान सामाग्रि अस्पतालमा आयोजित एक समारोहमा क्लबका प्रतिनिधि दीपेश पोखरेल र सिड्नीमै रहेका क्लबका अध्यक्ष उमेश पोखरेलका पिता बासु पोखरेलले अस्पतालका निमित्त मेडिकल सुपरिटेंडेंट डाक्टर टँकप्रसाद बाराकोटीलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

क्लबबाट अत्यन्त महत्वपुर्ण सामाग्रि अस्पतालले पाएको डा बाराकोटी ले भने,”यस्तो कार्यले निरंतरता पाओस भन्ने अपेक्षा राख्दछु ।” क्लबका पूर्ब अध्यक्ष भद्रपुर भानुनगर निवासी नीरज सिटौलाले सन् २००१ मा स्थापित क्लबले नेपालका बिभिन्न क्षेत्रमा सहयोग पुर्याउने लक्ष्य लिएको बताउदै हाल क्लब मा अस्ट्रेलियामा  रहेका करिव ३५० नेपाली युवा आबद्ध रहेको जानकारी दिए । उनले क्लब कै सक्रियतामा सानुफाउन्डेसन नेपाल नामक संस्था स्थापना गरेर काठमाण्डौमा लोपनमुख जातिका २० जना बालबालिकालाई शिक्षदिक्ष र भरणपोषणको लागि सहयोग गरिरहेको उल्लेख गरे । कार्यक्रमको संचालन अस्पतालका ल्याब टेक्निशियन भोला अधिकारीले गरेका थिए ।

 

Comment