Thursday , December 14 2017
Home / Australia / मृत्युदण्ड पाएका खालिङलाई बचाउन अष्ट्रेलियाबाट सहयोगको आग्रह

मृत्युदण्ड पाएका खालिङलाई बचाउन अष्ट्रेलियाबाट सहयोगको आग्रह

सिड्नी/ संयुक्त अरव इमिरेट (यु ए ई) मा मृत्युदण्डको सजाय पाएका अनिश खालिङ राईलाई बचाउन अष्ट्रेलियाबाट सहयोग संकलन शुरु भएको छ । Anish-Khaling-2२३ वर्षिय खालिङलाई अवु दाविको स्थायिन अदालतले आफू सँगै काम गर्ने सहकर्मीको हत्याको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो । दुई वर्ष अघि वैदेशिक रोजगारिको लागि युएई गएका राई विगत डेढ वर्ष देखि कारागासमा छन् । नेपालको संखुवासभा जिल्लाको मास्यपोखरी घर भएका राईको श्रीमती र एक छोरी छन् । अबु दाविको कारागारमा हिरासतमा रहेका खालिङलाई छुटाउन मृतकाका परिवारले दुई लाख दिराम (५६ लाख नेपाली रुपैया) ब्लड मनि मागेको दुवई स्थित नेपाली दुतावासले जनाएको छ । छिटो भन्दा छिटो ब्लड मनि बुझाउन सकियो भने खालिङलाई बचाउन सकिने आशमा अस्ट्रेलियामा सहयोग अभियान संचालन गरिएको राम सिप्तुङ्खा राईले सिमापारी डटकमलाई जानकारी दिएका छन् । राईका अनुसार अहिले विश्वभरी छरिएर रहेका नेपालीहरुबाट राईलाई बचाउन सहयोग अभियान शूरु भएको छ । अस्ट्रेलियाका नेपालीहरुले पनि प्रदिप कुमार राईको निम्न बैक खातामा सहयोग रकम जम्मा गर्न सक्नुहुने छ । कमन वेल्थ बैक, बिसबिः ०६२२३५ अकाउन्ट १०५१३२२६

यो समाचार पनि पढ्नुहोस् ।

नेपाली युवालाई मृत्युदण्डको फैसला

सङ्खुवासभाका २३ वर्षीय युवा अनिस खालिङ्ग राईलाई युएईको दुवईस्थित माथिल्लो अदालतले तल्लो अदालतको मृत्युदण्डको फैसलालाई सदर गरेपछि उनका परिवारजन पीडाले छटपटिएका छन्।
दुवईको आबुधावीमा घरेलु कामदारका रूपमा काम गरिरहेका राईलाई पाकिस्तानी नागरिक बङ्गाल खानको हत्या गरेको आरोपमा यसअघि त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला गरेका थिए ।
जिल्लाको मत्स्यपोखरी गाविस–३ निवासी राईको मृत्युदण्ड हुने भएपछि उनको आयबाट आश्रित ७५ वर्षीय बुबा भीमप्रसाद, ५७ वर्षीया आमा डिकमाया, श्रीमती रविता र नाबालक छोरी रितु न्यायको खोजीमा काठमाडौँ आएका हुन् ।
नारदकुमार राईले युवक राईको जीवनरक्षाका लागि सञ्चारमाध्यम, राज्य तथा मानवअधिकारकर्मीले पहल गरिदिन आग्रह गरे । सभासद् तारामान गुरुङले राईको जीवनरक्षाका लागि आफूले आफ्नो पार्टीमा आवाज उठाउने वचन दिँदै उसलाई सकुशल नेपाल फर्काउन सबै लाग्नुपर्ने बताए ।
अर्का सभासद् दीपक खड्काले निर्दोष राईलाई त्यहाँको अदालतले फसाएको दाबी गर्दै नेपाल सरकार गम्भीर भएर लाग्नुपर्ने र परराष्ट्र मन्त्रालयमार्फत पहल गर्नुपर्ने बताए ।Anish-Khaling

One comment

  1. www .Simapari .com .au र ऋसी आचार्य सर् लाइ अनिश खालिङ्ग को परिवार साथै अनिश बचाऊ सहयोग संकलन समुह सिड्नी अस्ट्रेलिया को तर्फ़ बाट सामुहिक धन्यबाद दिन चाहान्छौ |

Comment