Monday , December 18 2017
Home / Featured News / मिसन आइसिसी विश्वकप २०१५

मिसन आइसिसी विश्वकप २०१५

ICC_Unveils_Wor3402नेपालले आइसिसी ट्वान्टि २० विश्वकपमा २०१४ मा छनौट भएर अभुतपुर्व सफलता हाशिल गरेको छ | यो सफलता निसन्देह ऐतिहासिक छ | तर अब नेपालको सम्पूर्ण ध्यान अब २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुन गइरहेको आइसिसी विश्वकपमा केन्द्रित भएको छ | आइसिसी एक दिवशीय क्रिकेट विश्वकपमा जम्मा १४ राष्ट्र सहभागी हुनेछन | १४ मध्ये १० टेस्ट खेल्ने राष्ट्र सोझै सहभागी हुन पाउदछन् | बाँकि रहेको ४ स्थान भने एसोसोयेट र एफिलेट राष्ट्रबाट छानिन्छन | अफगानिस्तान र आयरल्याण्डले इन्टरकन्टिनेन्टल क्रिकेट प्रतियोगिता २ स्थानमा कब्जा जमाई सकेका छन् | अब बाँकि २ राष्ट्रको टुंगो भने न्युजिल्यान्डमा जनवरीमा हुन गइरहेको आइसिसी विश्वकप छनौटबाट लाग्नेछ|

न्युजिल्यान्डमा १३ जनवरीबाट शुरु हुन गइरहेको आइसिसी विश्वकपमा जम्मा १० राष्ट्रले भाग लिने छन् |नेपाल लगायत क्यानाडा, हंगकंग, केन्या, नामिबिया, नेदरल्याण्ड, पपुवा न्युगिनी, स्कटल्याण्ड, युगान्डा र युएई विश्वकपमा बाँकि रहेको २ स्थानमा छनौट हुनको लागि प्रतिष्पर्धा गर्ने छन् |

१० टिमलाई २ समुहमा बाँडिएको छ | प्रत्येक समूहबाट उत्कृष्ट ३ टिम सुपर सिक्समा पुग्नेछ | सुपरसिक्समा पुगेका टिमबीच फेरी प्रतिष्पर्धा हुन्छ र उत्कृष्ट २ टिम फाइनलमा पुग्नुको साथै आइसिसी विश्वकपको लागि पनि छनौट हुनेछन |

नेपालको समुहमा युएई, स्कटल्याण्ड, हंगकंग र क्यानाडा रहेका छन् |

नेपालले एक दिवशीयको तयारी स्वरूप काठमान्डूमा जारि जर्नी टु वर्ल्डकप खेलिरहेको छ | यो प्रतियोगितामा भारतको एयर इंडिया, दिल्ली वांडरर्स तथा सिंगापुरको राष्ट्रिय टिम सम्मिलित छ | यस प्रतियोगिता पश्चात नेपाल अभ्यासको लागि श्रीलंका तर्फ प्रस्थान गर्ने छ | त्यहाको स्थानीय टिमसँग खेलिसकेपछी नेपालको टिम आइसिसी विश्वकप छनौट शुरु हुने १० दिन अगाडी नै न्युजिल्यान्ड पुग्नेछ |

नेपालको खेल तालिका

नेपालले नामिबिया र केन्यसंग २ वार्म अप म्याच खेलिसकेपछी प्रतियोगिता को सुरुवात गर्ने छ |

नेपाल बिरुद्ध युएई, १३ जनवरी,

नेपाल बिरुद्ध स्कटल्याण्ड, १६ जनवरी

नेपाल बिरुद हंगकंग, १९ जनवरी

नेपाल बिरुद्ध क्यानाडा,  २१ जनवरी

सबै खेल १०:३० स्थानीय समय, ८:३० सिड्नीको समय, बिहानको ३:१५ नेपालको समयमा हुनेछ

 

Comment