Monday , May 28 2018
Home / Australia / मानसिक स्वास्थ्यबारे कार्यशाला सम्पन्न (फोटो फिचर)

मानसिक स्वास्थ्यबारे कार्यशाला सम्पन्न (फोटो फिचर)

सिड्नीमा सक्रिय नेपली सामुदायिक संस्थाका प्रतिनिधिहरुलाई मानसिक स्वास्थ्यबारे जानकरी दिने उद्देश्यले मार्च ३० आइतवार एक कार्यशाला सम्पन्न भएको छ । सिड्नीको दक्षिण रकडेलमा भएको उक्त कार्यशालामा नेपाली पौढहरुमा बढ्दै गएको मानसिक स्वास्थ्य सम्बन्धी समस्याको पहिचान र आवश्यक परामर्श र उपलब्ध उपचार सेवाका बारेमा छलफल भएको थियो । साउथ इस्ट लोकल हेल्थ डिस्टि्क, सेन्ट जर्ज सामुदायिक मानसिक स्वास्थ्य र नेपल अस्ट्रेलिया पब्लिक लिंक (एएनपिएल) को संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको थियो ।20140330_105112

कार्यशालामा सेन्ट जर्ज सामुदायिक मानसिक स्वास्थ्यकी आर्ना राथगेन र मानसिक स्वास्थ्य सम्बन्धि रजिस्टर नर्स सृजना तुलाधरले मनसिक स्वास्थ्यको बारेमा सहभागिहरुलाई आधारभुत जानकारी उपलब्ध गराएका थिए । एएनपिएलका अध्यक्ष भरत नेपालले फेसिलेट गरेको उक्त कार्यक्रममा सिड्नीका   एक दर्जन भन्दा बढी नेपाली समुदायिक संस्थाका प्रतिनिधिहरुले भाग लिएका थिए । एनआरएन संरक्षक इन्द्र वान, एन आर एन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, समुदायका अगुवा डा नरायण प्रधान, रामजी बिष्ठ, श्री नापित, दिनेश पोखरेल, हरी लामिछाने, समिम अनवर, चुरा बेलवासे, शरुण ताम्राकार, संचारकर्मी अर्जुनमणी पौडेलले कार्यक्रम जानकारी मुलक भएकोले सिड्नीको अन्य स्थानहरुमा पनि आयोजना गर्न सुभाव दिएका थिए ।

20140330_11252320140330_134942

Comment