Saturday , December 16 2017
Home / Nepal / माधवकुमार नेपालको अग्रता

माधवकुमार नेपालको अग्रता

एमालेमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पछिल्लो मतगणनामा माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा जारी मतगणनामा अध्यक्ष प्रतिस्पर्धी केपी शर्मा ओलीलाई ४८ मतले पछि पार्दै नेपालले अग्रता लिएका हुन् ।madhab ku

नेपालले ६४० मत पाउँदा ओलीले ५९२ मत पाएका छन् । अन्य पदाधिकारीको गणना हुन बाँकी छ । मिश्रति भोट भएका मतपत्र पनि गन्न बाँकी छ । महासचिवमा नेपालपक्षीय नेता सुरेन्द्र पाण्डेले उछिनेका छन् । पाण्डेले ओली प्यानलका ईश्वर पोखरेलभन्दा ७६ मत बढी पाएका छन् ।

मतगणनामा रहेका प्रतिनिधि एवं बुधबार साप्ताहिकका सम्पादक विष्णु रिजालले बुथ नम्बर २ र ३ को मतगणना सकिएको जानकारी दिए । उनका अनुसार सुरुमा प्यानलमा परेका मतपत्र र मिश्रति मतपत्रलाई सर्टिङ गरेर गणना गरिएको हो । बुथ नम्बर २ र ३ मा कोशी र सगरमाथा अञ्चलको मतपत्र रहेको छ । मेचीमा ओली, कोशीमा नेपाल समूह बलियो छ भने सगरमाथामा बराबरीको स्थिति रहेको छ ।

ओलीपक्षीय नेता विष्णु रिमालले सोमबारको गणनामा माधवकुमार नेपालले अग्रता लिनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजको दिन सायद कमरेड माधव नेपालको दिन हुनेछ ।’ आइतबार राति १० बजेपछि स्थगित मतगणना बिहान पौने १० बजेदेखि सुरु भएको हो ।

Comment