Saturday , December 16 2017
Home / Featured News / माइक्रोसफ्टले बिकास गर्यो तनाब कम गर्ने स्मार्ट ब्रा

माइक्रोसफ्टले बिकास गर्यो तनाब कम गर्ने स्मार्ट ब्रा

brrrrrविन्डोज अपरेटिंग सिस्टम बनाएर ख्याती कमाएको माइक्रोसफ्टले अब एकदम फरक प्रविधिको बिकास गरेको छ | माइक्रोसफ्टले त्यस्तो स्मार्ट ब्राको बिकास गरेको छ जसले महिलाहरुमा हुने तनावलाई कम गर्ने छ | बिशेष प्रबिधि जडित यस ब्राले मुख्यतया तनाबमा आएपछि धेरै खानेकुरा खाने बानीमा सुधार ल्याउने छ | धेरै खाने बानीलाई सुधार्नुका साथै यसले मान्छेको ध्यानलाई तनाब भन्दा अन्यत्र मोडेर दिमागलाई अन्य काम गर्न प्रेरित पनि गर्नेछ |

यो बिशेष किसिमको ब्राको कपमा इलेक्ट्रोकार्डियोग्राम सेन्सर र छेउमा रहेको बिशेष प्यानल जडित हुन्छ | जसले ब्रा लगाउनेको शरीरको तापक्रम, मुटुको धड्कन, तनाबको अवस्था र मुडको जांच गरिरहेको हुन्छ | ब्राको सेन्सरले जम्मा गरेको डाटा ब्लुटुथ मार्फत मोबाइलमा रहेको एप्सलाई पठाउँदछ | एप्सले ब्राबाट पाएको संकेतको मद्दतले ब्रा लगाउने महिलालाई अश्वस्थकर खानेकुरा खानबाट रोक्नुका साथै दिमागलाई स्फुर्त बनाउन विभिन्न किसिमको सुझाब पनि दिन्छ |

यस प्रबिधिको बिकासकर्ता मध्ये कि एक मेरी जेर्विन्सकीका अनुसार यो ब्रा बनाउनुको मुख्य दुइ उदेश्य भनेको पहिलो त तनावले गर्दा बिशेष गरि महिला नै धेरै खानेकुरा खाने र अश्वस्थकर खाने गर्दछन र दोस्रो ब्राको स्थान मुटुको धड्कन जाच्नलाई सबै भन्दा उपयुक्त छ | केटा मान्छेको अन्डरवेयरमा पनि यस्तै प्रविधि बनाउने प्रयास गरिएको तर अन्डरवेयरलगाउने स्थानबाट मुटु भन्दा निकै टाढा रहेकोले मुटुको जांच गर्न उपयुक्त नरहेको उनले बताईन |

यो स्पेसल ब्रा केहि महिलाहरुमा ४ दिनसम्म परिक्षण गरिएको थियो| यसको परिणाम राम्रै आएपनि यसको डिजाईन् र ब्याट्री लाइफमा भने सुधार गर्नु पर्ने एक अनुसन्धानकर्ताले बताए |

Comment