Wednesday , December 13 2017
Home / Australia / मह जोडीले अष्ट्रेलियाका पांचवटा शहरमा कार्यक्रम गर्ने

मह जोडीले अष्ट्रेलियाका पांचवटा शहरमा कार्यक्रम गर्ने

कर्मभूमिमा जीवन यापन गरिरहेका नेपालीजनहरूलाई मनोरञ्जनको माध्यमबाट जन्मभूमिको स्मरण गराउने तथा नेपाली कला क्षेत्रको विकास र उन्नतिमा सघाउ पुर्‍याउने उद्देश्यले विशुद्ध मनोरञ्जन पस्कने जमर्को साथ ‘महयात्रा २०१४ कार्यक्रम हुने भएको छ ।1470157_606904716011974_1959079490_n नेपालका वरिष्ठ तथा सम्मानित राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा चर्चित कलाकारहरू बसुन्धरा भुषाल, किरण केसी, नरेन्द्र कंसाकार, शिवहरी पौड्याल र गायिका कुन्ति मोक्तानका साथै हरिवंश आचार्यका सुपुत्र मोहित आचार्य पनि महयात्रामा सहभागि हुनेछन् । मेलवर्नमा रहेको सोलाङचरले आयोजना गर्ने यो कार्यक्रम अष्ट्रेलियाका प्रमुख सहरहरू मेलवर्न, सिड्नी, बि्रसबेन, पर्थ, एडिलेडमा आयोजना हुनेछन् । मह यात्राको शुरुवात पर्थबाट शुरु भई सिड्नीमा अन्त्य हुनेछ । जसका लागि कलाकारहरु नेपालबाट १६ जनवरीमा अष्ट्रेलियामा आईपुग्नेछन् । कार्यक्रम लागि सम्पूर्ण तयारी पूरा भएका आयोजक सोलान्चरले सिमापारी डट कमलाई जानकारी दिएको छ ।

मेलवर्नमा आयोजक कम्पनी सोलाङचरले नै कार्यक्रम गर्नेछ भने अन्य सहरहरूमा स्थानीय इभेन्ट आयोजक तथा सामुदायीक संघसंस्थाको सहकार्यमा कार्यक्रम आयोजना हुनेछ । मेलवर्नमा हुने कार्यक्रम स्थल सबैभन्दा महत्वपूर्ण रहेको छ । ‘मेलवर्न कन्भेन्सन सेन्टर’मा कार्यक्रम हुनेछ, जुन सबैभन्दा उत्तम र अन्तर्राष्ट्रिय स्तरको स्थलका रुपमा नाम कहलिएको छ । यस्तै अन्य सहरहरूमा पनि स्तरीय स्थानहरू रोजाईमा परेका छन् । ख्याति प्राप्त नेपाली कलाकारहरूलाई एकजुट गराई भरपुर मनोरञ्जन दिलाउनु कम्पनीको उद्देश्य रहेको छ । कम्पनिले जारी गरेको विज्ञप्तिमा भनिएको छ “कलाकारको सम्मान हेतु पनि हामीले उत्कृष्ट हल रोजेका छौं । दर्शकले कार्यक्रम हेर्दा भरपुर मजा लिन सकुन र कार्यक्रम उत्कृष्ट बनोस भन्ने हाम्रो चाहना छ । प्रहसनमार्फत सबै कलाकारले दर्शकलाई हसाउने प्रस्तुति मात्र दिनेछन् जसले कार्यक्रम अवधिभर दर्शक हास्ने र रमाउनेमा हामी विश्वस्त छौं । ” साथै गीत संगीतको प्रस्तुति पनि रहनेछ । नेपालका कलाकारको उपस्थितिमा अष्ट्रेलियामा हालसम्म भएका कार्यक्रमहरूमध्ये संभवत यो नै सबैभन्दा महङ्गो कार्यक्रम हो ।
व्यवसायिक कम्पनी सोलाङचरले अष्ट्रेलियामा नेपाली चलचित्रको व्यवसायीक प्रदर्शनको शुरुवात गरेको थियो भने विभिन्न समयमा सांगीतिक कार्यक्रम आयोजना गर्दै पूर्ण मनोरञ्जन दिलाउने प्रयत्नमा जुटिरहेको छ ।सोलान्चरले यो कार्यक्रम विशुद्ध मनोरञ्जनात्मक हुने भनेको छ । त्यसैले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायिक संघसंस्था, क्लब, व्यवसायिक कम्पनीहरू, मिडिया, पत्रकार तथा आम नेपाली समुदायले यो कार्यक्रमलाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने कुरामा आशा ब्यक्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

Comment