Sunday , June 24 2018
Home / Featured News / हराईरहेको विभान भियतनामको समुन्द्रमा खसेको अनुमान

हराईरहेको विभान भियतनामको समुन्द्रमा खसेको अनुमान

शनिवारदेखि हराईरहेको मलेसियन एअरलायन्सको विमान अझै पक्ता लाग्न सकेको छैन । मलेसिया एअरलाइन्सले क्वालालम्पुर विमानस्थलबाट उडान गरेको दुईघण्टापछि आफ्नो एउटा विमानसंग सम्पर्क विच्छेद भएको जनाएको छ।

दुईसय ३९ जना सवार उक्त विमानसंग भियतनामको हवाई क्षेत्रमा अन्तिम पटक सम्पर्क भएको चीनको सरकारी समाचार एजेन्सीले जनाएको छ।

मलेसिया र भियतनामका अधिकारीहरुले दक्षिण चीन सागरमा उक्त विमानको खोजी गरिरहेका उक्त विमानसेवाले जनाएको छ।

तर उक्त विमान दुर्घटनाग्रस्त भएको हुनसक्ने भन्ने बारे कुनै पक्का जानकारी आफूसंगको नभएको विमानसेवाले जनाएको छ।

उक्त विमानमा १५२ जना चिनीयां यात्रुहरु रहेका छन् र चीनका विदेशमन्त्री वांग यी ले तिनीहरुको सुरक्षाका बारे चिन्ता व्यक्त गरेका छन्।

समुद्रमा तेलको धब्बा देखिएको दाबी

यसैवीच शनिबार बिहानै हराएको विमान रातिसम्म फेला पर्न सकेको छैन । तर, खोजीकार्यमा जुटेको भियतनामको विमान कम्पनीले भने दक्षिणी भियतनामको समुद्रमा तेलका ठूला धब्बाहरु फेला पारेको अन्तरराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यद्यपि उक्त तेलको धब्बा विमानकै हो भनेर शनिबार राति अबेरसम्म पुष्टि हुन सकेको छैन ।

शनिबार बिहान क्वालालाम्पुरबाट उडेको दुईघण्टापछि बेपत्ता भएको सो विमानमा डेढ सय चिनियाँ र १२ जना चालक दलका सदस्यसहित विभिन्न १३ देशका २ सय ३९ मानिस सवार थिए । त्यसमा दुईजना बच्चासमेत थिए ।

 

Comment