Saturday , December 16 2017
Home / Australia / मलेसियन बिमान हिन्द महासागरमा दुर्घटना भएको घोषणा

मलेसियन बिमान हिन्द महासागरमा दुर्घटना भएको घोषणा

सिड्नी / १७ दिन अघिदेखि हराइरहेको मलेलियन एअरलायन्सको विमान अस्ट्रेलियाको पर्थ नजिकको दक्षिणी हिन्द माहासागरमा दुर्घटना भएको मलेसियन अधिकारीहरुले पुष्टि गरेका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा मलेसियाली प्रधानमन्त्री नाजिव रजाकले हराएको मलेसियन एयरलाइन्सको बिमान हिन्द महासागरमा दुर्घटना भएको घोषणा गरेका हुन् ।

pm malasyanस्याटेलाइटमार्फत् अष्ट्रेलियाको पर्थ नजिकैको हिन्द महासागरमा देखिएका अबशेषको बिश्लेषणपछि यो निष्र्कषमा पुगिएको प्रधानमन्त्री नाजिवले बताए । ँप्राप्त पछिल्ला तथ्याङ्कको बिश्लेषणपछि बडो दुःखका यो जानकारी गराउन चाहान्छु कि बिमान समुद्रमा हरायो ।’ बेलायती स्याटेलाइट कम्पनी इमरस्याटबाट प्राप्त डाटाका आधारमा यो निष्कर्षमा पुगिएको प्रधानमन्त्रीले बताए ।
नाजिवले पत्रकार सम्मेलन गर्नु केही मिनेटअघि मात्रै मलेसियन एयरलाइन्सले यात्रुका आफन्तलाई एक एसएमएस पठाई बिमानमा सवार कुनै पनि यात्रुको ज्यान जोगाउन नसकिएको भन्दै क्षमा मागेको छ । “बिमानमा सवार कुनै पनि यात्रु बाँच्न सकेनन, सवै तथ्यहरुलाई स्वीकार्दै हामी यो भन्न बाध्य छौं कि बिमान दक्षिणी हिन्द सागरमा बेपत्ता भयो ।” यात्रुलाई पठाइएको एसएमएसमा भनिएको छ ।
दुई साता अघि क्वालालम्पुरबाट बेईजिंग जांदै गरेको उक्त विमानले मलेसियाको पू्र्वमा पर्ने दक्षिण चीन सागर माथ‌िबाट अन्तिम पटक हवाइ नियन्त्रण कक्षसंग सम्पर्क गरेको थियो। चालक दलका सदस्यसहित २३९ जना सवार उक्त विमानको खोजी लगत्तै थाल‌िए पन‌ि दुई सातासम्म कुनै ठोस जानकारी हात लागेको थिएन।Search Continues For Missing Malaysian Arliner Carrying 239 Passengers
गत साता प्रधानमन्त्री रजाकले बेपत्ता भएको मलेसियाली वायुसेवाको विमानको सन्चार प्रणाली जानीजानी बन्द गरिएको बताएका थिए। उनले प्राप्त तथ्यहरुको पछिल्लो विश्लेषणबाट अन्तिम पटक सन्चार सम्पर्क भएपछि पनि उक्त विमान झण्डै सात घन्टा आकाशमा उडेको हुनसक्ने बताएका थिए।

Comment