Friday , December 15 2017
Home / Featured News / मन्त्रीमण्डल विस्तार, धेरै नयां अनुहार

मन्त्रीमण्डल विस्तार, धेरै नयां अनुहार

प्रधानमन्त्रीमा निर्वाचित भएको दुई साता पछि सुशील कोइरालाले मन्त्रिपरिषद्को विस्तार गरेका छन् । सत्तारुढ कांग्रेस र प्रमुख सत्ता साझेदार एमालेका मन्त्रीहरुलाई प्रधानमन्त्री कोइरालाले आज राष्ट्रपति कार्यालय शितल निवासमा सपथ ग्रहण गराएका हुन् ।mantri-bistar

मन्त्रिपरिषद्मा कांग्रेसतर्फबाट एक राज्यमन्त्रीसहित ११ र एमालेबाट १० सदस्य रहने भएका छन् । बिना बिभागीय मन्त्रीको रुपमा यसअघि नै सपथ ग्रहण गरिसकेका रामशरण महत बाहेकका नव नियुक्त १८ मन्त्रीले सपथ ग्रहण गरेका हुन् । सपथग्रहण लगत्तै आजै मन्त्रीहरुले पदभार ग्रहण गर्ने कार्यक्रम छ । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको सपथ पछि हुनेछ ।

सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति रामवरण यादवसहित सभामुख, राजनीतिक दलका नेता, पूर्व प्रधानमन्त्रीलगायतका उपस्थिति थियो ।

 सपथ ग्रहण गर्ने मन्त्रीहरुको नामावली :

प्रकाशमान सिंह        उपप्रधान तथा स्थानीय विकास मन्त्री

बामदेव गौतम           उपप्रधान तथा गृह

महेश आचार्य             वन

मिनेन्द्र रिजाल           सूचना तथा सञ्चार

नारायण खड्का           सहरी विकास

नरहरी आचार्य             कानुन

चित्रलेखा यादव           शिक्षा

एनपी साउद                 सिँचाई

बिमलेन्द्र निधि            भौतिक योजना तथा निर्माण

महेन्द्र पाण्डे                 परराष्ट्र

राधा ज्ञवाली                 उर्जा

पुरुषोत्रम पौडेल            युवा तथा खेलकुद

हरि पराजुली                कृषि विकास

लालबाबु पण्डित          सामान्य प्रशासन

कर्णबहादुर थापा            उद्योग

भीम आचार्य                  पर्यटन

खगराज अधिकारी         स्वास्थ्य

दलबहादुर राना              भूमिसुधार

 

Comment