Friday , December 15 2017
Home / Featured News / मन्त्रीपरिषद्का अध्यक्ष रेग्मीद्धारा संविधानसभाको बैठक आह्वान

मन्त्रीपरिषद्का अध्यक्ष रेग्मीद्धारा संविधानसभाको बैठक आह्वान

मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आउँदो माघ ८ गतेका लागि संविधानसभाको बैठक आह्वान गर्नुभएको छ ।

मन्त्रीपरिषदका अध्यक्षको निजी सचिवालयले शनिबार साँझ निकालेको विज्ञप्ति अनुसार अध्यक्ष रेग्मीले माघ ८ गते दिउँसो ३ वजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक आह्वान गर्नुभएको हो ।

निर्वाचन परिणाम सार्वजनिक भएको २१ दिनभित्र संविधानसभाको बैठक बोलाउनुपर्ने अन्तरिम संविधान २०६३ को धारा ६९ को उपधारा १ बमोजिम बैठक बोलाइएको हो ।

यसअघि संविधानसभाको पहिलो बैठक राष्ट्रप्रमुखले बोलाउने वा सरकार प्रमुखले बोलाउने भन्ने विषयमा विवाद भएको थियो । राष्ट्रप्रमुख र सरकार प्रमुखले बैठक बोलाउनुपर्ने माग गर्दै छुट्टाछुट्टै रिट सर्वोच्च अदालतमा परेको थियो । यो रिटको अन्तिम फैसला सर्बोच्च अदालतले २९ गते गर्दैछ ।

शनिबार संविधानसभाको पहिलो बैठककै विषयमा राष्ट्रपति डा. रामवरण यादव र मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीवीच भेट भएको थियो । भेटपछि राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा राष्ट्रपति यादवले सबिधानको धारा ६९ मा भएको ब्यबस्था अनुसार बैठक बोलाउन ध्यानाकर्षण गराउनुभएको थियो ।

अन्तरिम सबिधानको धारा ६९ मा निर्वाचन आयोगले चुनाबको अन्तिम नतिजा सार्वजनिक गरेको २१ दिन भित्र प्रधानमन्त्रीले सबिधानसभाको पहिलो बैठक आह्वान गर्नेछन भन्ने कुरा उल्लेख छ ।

स्रोतका अनुसार राष्ट्रपति आफैले बैठक बोलाउन पाउनुपर्ने अडानमा कायमै रहेपनि यसबारे बिबाद धेरै नलम्ब्याउने भन्दै बैठक बोलाउन अध्यक्ष रेग्मीलाई पत्र पठाउनुभएको हो ।

यद्यपी राष्ट्रपति यादवले सबिधानसभाको बैठक बोलाउनेबारे अन्तराष्ट्रिय प्रचलनलाई समेत ख्याल गर्न अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराउँदै बैठकबारे विवाद गरेकोमा असन्तुष्टि जनाउनुभएको छ ।

भेटबारे राष्ट्रपति कार्यालयले निकालेको बिज्ञप्तीमा भनिएको छ ‘नेपालको अन्तरिम सबिधानको भावना, सबैधानिक ब्यबस्था, विगतको अभ्यास र अन्तराष्ट्रिय प्रचलनलाई समेत मनन गर्दै यथासिघ्र सबिधानसभाको पहिलो बैठक बोलाउने ब्यबस्था मिलाउन ध्यानाकर्षण गराइएको छ ।’

राष्ट्रपतिले बैठक बोलाउन ध्यानाकर्षण गराएपछि मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले आफ्ना मन्त्रीहरुसंग छलफल पनि गर्नुभएको थियो ।

Comment