Monday , December 18 2017
Home / Nepal / मतगणना रोकिदैन प्रमुख आयुक्त उप्रेती

मतगणना रोकिदैन प्रमुख आयुक्त उप्रेती

Nilakantha-upreti_ आज बिहान निर्वाचन आयोगले पत्रकार सम्मेलन आयोजना गर्दै मतगणना जारी रहने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले पत्रकार संग बोल्दै एमाओवादीले मतगणना स्थगित गर्न गरेको आग्रहलाई स्विकार गर्न नसकिने बताएका हुन् । एमाओवादीले मध्यरातमा पत्रकार सम्मेलन गरेर मत गणना रोक्न माग गरेको थियो ।

आज विहान पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मतगणना नरोकिने बताउनु भएको हो । उहाँले मतगणना पारदर्शी रुपमा भइरहेको भन्दै जनताको मतको सम्मान गर्न दलहरुलाई आग्रह गर्नु भएको छ ।
एमाओवादीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै काठमाडौंका सबै क्षेत्रको मतगणना बहिस्कार गरेको हो ।
खासगरी काठमाडौंको १० नं निर्वाचन क्षेत्रमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भन्दा नेपाली कांग्रेसका राजन केसी अगाडि भएपछि एमाओवादी अत्तालिएर मतगणना नै बहिस्कार गरेको अन्य दलका प्रतिनिधिहरुले दाबी गरेका छन् ।

एमाओवादीले बहिस्कार गरे पनि मतगणना भने जारी नै छ र निर्वाचन आयोगका अधिकारीहरुका अनुसार कुनै दलले बिनाकारण बहिस्कार गर्दैमा कानून अनुसार मतगणना रोक्न मिल्दैन ।

Comment