Monday , December 18 2017
Home / Blog / मण्डेलालाई अन्तिम विदाइ; विश्वभरबाट सय भन्द बढी देशका सरकार प्रमुख सहभागि

मण्डेलालाई अन्तिम विदाइ; विश्वभरबाट सय भन्द बढी देशका सरकार प्रमुख सहभागि

नेल्सन मन्डेलाको स्मृतिसभामा मंगलबार विश्वभरिका नेता उपस्थित भएका छन्। विश्वभरबाट राष्ट्रप्रमुख, राजा, राजकुमार तथा राष्ट्रपतिहरूले भाग लिएको सभालाई दशौँ लाख दर्शकले अवलोकन गरे।
 3426703_3_9360_nelson-mandela-en-2007_254a3d248009e7e3b880dca82c256467
सोवेतो रङ्गशालामा सय देशका नेताले श्रद्धाञ्जली व्यक्त गरे। उनीहरुले मन्डेलाको सम्मान र योगदानबारे चर्चा गरे। स्थानीय समय अनुसार दिउँसो दक्षिण अफ्रिकाको राष्ट्रिय गीत ‘एनकोसी सिकेलेल’ का साथ सुरु सभामा उपस्थित सर्वसाधारण दक्षिण अफ्रिकामा मंगलबार बिहानैदेखि परेको पानी छल्दै आए।
बिहीबार मन्डेला बितेपछि मुलुक गहन दुःखमा परे पनि २० औँ शताब्दीको यी उच्च राजनीतिक व्यक्तित्वको स्मृतिसभालाई यहाँका जनताले उत्सवको रूपमा मनाएका छन्। अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) का उपाध्यक्ष सिरिल रामाफोसाले स्मृतिको सुरुमा भने, ‘उहाँको लामो यात्रा अत्य भएको छ, अब लामो आरामका लागि जानुभएको छ।’
स्मृतिसभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले मन्डेला इतिहासका ठूला व्यक्तित्व भएको र उहाँले आउँदा पुस्तासमक्ष सङ्घर्ष, कुशाग्रता तथा राजनीतिक सक्रियताको शक्तिबाट स्थान प्राप्त गर्नुभएको बताए।
राष्ट्रपति ओबामाले मन्डेला सङ्गमरमरको नभई मासु र रगतले बनेको मानिस भएको र उहाँ आफ्नो विद्यार्थीको रूपमा राजनीतिमा प्रवेश गर्न अभिप्रेरित गर्ने उदाहरणमध्ये एक भएको बताए।
सभामा अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टर, जर्ज डब्लु बुस तथा बिल क्लिन्टन पनि उपस्थित भए। कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले मन्डेलाले आफ्नो जीवनमा मात्र नभई मृत्युपछि पनि मानिसलाई एकतामा बाँधेको बताए।
कार्यक्रममा क्युबाका राष्ट्रपति राउल क्यास्ट्रोले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। सोही रङ्गशालामा मन्डेला सन् २०१० को विश्व कप फुटबलको अन्तिम खेलमा उपस्थित भएका थिए। मन्डेलाका विधुवा ग्रासा मासेल सभामा आइपुग्दा उपस्थितले ठूलो सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा राष्ट्रपति ज्याकोब जुमाको उपस्थिति थियो। सभामा मन्डेलाका पूर्वपत्नी विन्नी मादिकिजेला मन्डेलाको पनि उपस्थिति थियो।

 

Comment