Monday , December 18 2017
Home / Featured News / मण्डेलाको अन्त्येष्टि कार्यक्रमका दोभाषे नक्कली

मण्डेलाको अन्त्येष्टि कार्यक्रमका दोभाषे नक्कली

बाराक ओबामाले नेल्सन मण्डेलाको अन्त्येष्टि कार्यक्रममा मण्डेलालाई भावपूर्ण श्रद्धान्जली दिदै भाषण गरिरहेका थिए उनको छेउमा नै उभिएर एक दोभाषे उनले बोलेको भाषणलाई बहिराले बुझ्ने सांकेतिक भाषामा उल्था गरिरहेका थिए | तर दुर्भाग्य, उनले उल्था गरेको सांकेतिक भाषा कसैले पनि बुझ्न सकिरहेको थिएन बहिरा समुदायको लागि त्यो केवल एउटा नबुझिने हात हल्लाई मात्र थियो |

dh_jantjie-20131213055227891447-620x349

यो घटनाले दक्षिणी अफ्रीकालाई मात्रै हैन सारा विश्वलाई नै चकित तुल्याएको छ |  सांकेतिक भाषाका दोभाषे थम्शंका जन्त्जी नक्कली भएको र उनलाई सांकेतिक भाषाको बिल्कुलै ज्ञान नभएको आरोप लागेको छ |

दक्षिण अफ्रिकी सरकारले जन्त्जी व्यवसायिक सांकेतिक दोभाषे नभएको र अंग्रेजी उनको लागि एकदम गार्हो भएको प्रतिक्रिया दिएको छ | जन्त्जी आधि पैसामा नै काम गर्न राजि भएको र उनलाई खटाउने कम्पनि अहिले फरार रहेको पनि सरकारका एक मन्त्रीले बताए |1386835171981.jpg-620x349

एउटा रेडियोसँगको अन्तर्वार्ताको क्रममा जन्त्जीले भने आफु सांकेतिक भाषामा पोख्त रहेको र धेरै ठुला सभा सम्मेलनमा दोभाषेको रुपमा काम गरिसकेको बताएका छन् | आफुलाई अहिलेसम्म कसैले गलत गर्यो भनेर नभनेको पनि बताए | र त्यसदिनको आफ्नो प्रदर्शनबाट खुशी भएको प्रतिक्रिया दिएका थिए |dh_jantjie2-20131213055350764229-620x349

बिहिबार दक्षिण अफ्रीकाको द स्टार पत्रिकाको अन्तर्वार्तामा भने उनि आफु मानसिक रोगि पनि भएको र त्यसको औषधि सेवन गरिरहेको बताएका छन् |

df_alnarrow_interpreter-20131212055526819213-300x0

मण्डेलाको अन्त्येष्टि भएको दिन उनले आफ्नो सन्तुलन गुमाएको र आत्माहरु देखेको र अनेक किसिमका आवाजहरु सुनेको  बताएका छन् | जन्त्जिले भने  “त्यसपछि मैले केहि गर्न सकिन र म खतरनाक अवस्थामा एक्लै परेको जस्तो महसुस भयो | म आफुलाई संयमित गर्न खोजिरहेको थिए र संसारको अगाडी मेरो अवस्था देखाउन चाहन्न थिएं | मा सबैलाई यो भन्न चाहन्छु कि यदि मैले गर्दा कसैले ठेस पुगेको भए म उनिहरुसंग क्षमा चाहन्छु | ”

 

Comment