Wednesday , February 20 2019
Home / PaperPublished / भुवन केसी सभासद बन्ने पक्का (अन्नपूर्ण पोष्ट)

भुवन केसी सभासद बन्ने पक्का (अन्नपूर्ण पोष्ट)

bhuban kcचलचित्र इतिहासमा अभिनेता भुवन केसीको भूमिका उल्लेख्य छ। झन्डै चार दशकदेखि उनी यो क्षेत्रमा निरन्तर लागिपरेका छन्। पहिलेपहिले अभिनयमात्रै गर्ने यिनी पछिल्लो चरणमा आफैं चलचित्र निर्माणमा जुटे।

भुवनले रिलमा धेरै पटक भ्रष्ट नेतालाई तह लगाए। कतिपय अवस्थामा आफैं पनि असल नेताको रूपमा अभिनय गरे। तर, अहिले उनी आफैं रियल लाइफमा राजनीतिक मैदानमा छन्। तेस्रो दल हुँदा नेकपा एमालेमा प्रवेश गर्ने उनी एक्ला कलाकार हुन्।

सबैले एमाओवादी र कांग्रेसमध्ये एउटा ठूलो पार्टी हुने हल्ला चलिरहँदा उनले केही सोच्दै नसोची एमालेमा प्रवेश गरेका थिए। चुनाउअघिका केही साता देशभर नेतासँगै भोट माग्न हिँडेका अभिनेता भुवन केसीलाई एमालेले समानुपातिकबाट संविधानसभा हलसम्म पुर्‍याउने लगभग पक्का छ।

यदि, उनलाई एमालेले सभासद् बनायो भने इतिहासमै प्रथम कलाकार सभासद् हुनेछन्, भुवन। प्रत्यक्षबाटै लड्न तयारी गरिरहेको अवस्थामा उनलाई नेताहरूले सुरक्षित ढंगले सभासद् बनाउने भन्दै समानुपातिक सूचीमा राखेको छ।

Comment