Friday , December 15 2017
Home / Australia / भुकम्प विज्ञ संग अन्तक्रिया हुने

भुकम्प विज्ञ संग अन्तक्रिया हुने

सिड्नी / मानवअधिकर तथा लोकतान्त्रिक नेपाली मञ्च अस्ट्रेलियाको आयोजनामा भुकम्प विज्ञ डा आमोदमणी दिक्षित संग अन्तक्रिया कार्यक्रम हुने भएको छ । “नेपालमा प्रकृतिक प्रकोप ब्यवस्थापन” शिर्षकमा यही मार्च १४ शुक्रवार ग्रेनभिलमा रहेको हिमालय रेस्टुरेन्टमा यो अन्तक्रिया कार्यक्रम हुन लागेको हो ।

amod mani dixkitभुकम्प प्रविधि राष्ट्रिय समाजका अध्यक्ष समेत रहेका डा दिक्षित दक्षिण एसियामै प्रकोप ब्यवस्थापन विज्ञको रुपमा चिनिन्छिन् । उनका तिन दर्जन भन्दा धेरै प्रकोप सम्बन्धि आर्टिकलहरु अन्तराष्ट्रिय जर्ननलमा प्रकासित भएका छन् । डा दिक्षित भुकम्प सम्बन्धी ग्लोवल बैज्ञानिक समितिका सदस्य पनि हुन् । अस्ट्रेलियामा बसेर प्राकृतिक प्रकोप ब्यवस्थापनको क्षेत्रमा अध्ययन, अनुसन्धान र काम गर्दै आएकाहरुको लागि यो कार्यक्रम उपयोगि हुने मञ्चका अध्यक्ष होम पाण्डेले बताए ।

सिट सिमित भएकाले उक्त कार्यक्रमा सहभागि हुन चाहनेले १३ मार्च शुक्रवार भित्र निम्न नम्वरमा ०४३२८२७७७३ नाम पठाउन समेत पाण्डेले अनुरोध गरेको छन् ।

Comment