Thursday , December 14 2017
Home / Australia / भिक्टोरीया सरकारबाट नेपालीलाई सम्मान

भिक्टोरीया सरकारबाट नेपालीलाई सम्मान

रामजी पौडेल
मेलवर्न, डिसेम्वर ४ – सामुदायिक सेवामा पुर्याएको योगदानको कदर गर्दै अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले नेपालीलाई सम्मन गरेको छ । यती फुटवल क्लब ,नेप्लिज एशोसियसन अफ भिक्टोरिया र जोग लिम्बुलाई राज्यका गभर्नर एलेक्स चेर्नोभले भिक्टोरियन मल्टिकल्चरल अवार्ड अफ एक्सिलेन्स प्रदान गरेका हुन् ।bom yonjan

बुधवार मेलवर्नको गभर्नर हाउसमा राज्यका बिभिन्न निकायका प्रमुख, राजनीतिक दलका नेता, प्रज्ञिक ब्यक्ति र समुदायका प्रतिनिधिको माझ यो सम्मान प्रदान गरिएको थियो । भिक्टोरियन मल्टिकल्चर अवार्ड कार्यक्रमका प्रमुख अतिथिको रुपमा उपस्थित लिबरल पार्टी, भिक्टोरियाका नेता डेनिस नेप्थिनले अवार्ड पाउने संस्था तथा व्यक्तिलाई बधाई दिएका थिए । यो सम्मान कार्यक्रममा १० वटा विविध विधामा मनोनित व्यक्ति, संस्था लगायतलाई अवार्ड प्रदान गरिएको थियो । स्थानिय सामाजिक कार्यमा संलग्न विभिन्न संस्था मध्ये उत्कृष्ट योगदान गरेका १० वटा मनोनित संस्थामा २ वटा नेपाली संस्था र एक जना नेपाली समेत सम्मानित भएका छन ।job dai

खेल क्षेत्रबाट सामाजिक योगदान गरेवापत यति फुटबल क्लब, समुदायको विकासमा सक्रिय रहेर विभिन्न सहयोग गरेवापत नेप्लिज एशोसियसन अफ भिक्टोरिया र भिक्टोरियाको नेपाली समुदायका अगुवा जोग लिम्बुलाई भिक्टोरियन मल्टिकल्चर अवार्ड २०१३ प्रदान गरिएको हो । यति फुटबल क्लब सन् २००१ मा स्थापना भएको फुटबल क्लब हो । स्थापना पछि क्लबले खेलका साथै युवा पिढीलाई लक्षितगरी विभिन्न रचनात्मक र प्रेरक कार्य गर्दै आएको छ ।

raj sharmaत्यस्तै भिक्टोरियामा बसोबास गर्दै आएका झण्डै १२ हजार नेपाली संम्लग्न संस्था नेप्लिज एशोसियसन अफ भिक्टोरिया लाई विभिन्न सांस्कृतिक पहिचानका कार्यक्रम, संञ्चार माध्यमबाट सुचना प्रवाह, रेडियो कार्यक्रम प्रसारण, विभिन्न सहयोग जुटाउने कार्यक्रम लगायत योगदन गरेवापत अवार्ड प्रदान गरिएको हो । नेप्लिज एशोसिएसन अफ भिक्टोरियाले सन् १९९७ देखी नै यस किसिमको सामाजिक कार्यमा सक्रिय रहदै आएको छ । कार्यक्रममा भिक्टोरिया स्थित नेपाली समदायमा निस्वार्थ रुपमा कार्यरत जोग लिम्बु लाई पनि अवार्ड प्रदान गरिएको छ ।

Comment