Wednesday , December 19 2018
Home / Australia / भिक्टोरियाको पाको फेस्टामा नेपाली सहभागि

भिक्टोरियाको पाको फेस्टामा नेपाली सहभागि

मेलवर्न/ भिक्टोरिया राज्यको जिलोङ शहरमा भएको बहुसास्कृतिक पाको महोत्सवमा नेपाली लाखे नाच आकर्षणको केन्द्र बन्न पुगेको छ । फेब्रवरी २२ शनिवार भक्टोरिया राज्यको प्रमुख बहुसास्कृतिक महोत्सवको रुपमा हेरिने जिलोङ महोत्सवमा नेपाली सहित ९० वटा स्थानिय समुदायले सहभागिता जनाएका थिए । परेडमा सहभागीहरुले नेपालीपन झल्काउने किसिमका पहिरन, नेपाली झण्डा, ब्यानर र स्टलमा पोस्टर मार्फत नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम गरिएका थिए ।

Group 5

जातीय पहिचान झल्काउने पहिरन सहित परेडमा सहभागी नेपालीहरुले अनेकतामा एकताको संदेश दिएका थिए । भिक्टोरिया राज्यका लागि महाबाणिज्यदुत चन्द्र योञ्जन, स्थानिय समुदायिक संस्थाका प्रतिनिधिहरु परेडमा सहभागि भएका थिए । लुम्बिनी कपिलबस्तु दिवस अभियान विश्व संयोजक रामकुमार श्रेष्ठले यो परेडमा सहभागिताको लागि संयोजन गरेका थिए । श्रेष्ठले यस किसिमका कार्यक्रममा सहभागी भएर देशप्रतिको नागरीकिय दायित्वबोध गर्नु हुने सबैलाई अभियानको तर्फबाट हार्दकि आभार ब्यक्त गरेका थिए ।

नेप्लिज एशोसियसन अफ भिक्टोरियाका अध्यक्ष बम योन्जनले यति ठूलो महोत्सबमा नेपाली पहिचानको लागि हाम्रो यस किसिमको उपस्थिति गौरबको कुरा भएको बताए भने एनआरएन भिक्टोरियाका संयोजक ऋृषि कंडेलले भिक्टोरिया बहु सांस्कृतिक स्थल हुनुका आधारहरुको फेहरिस्त पेश गरेका थिए ।
कार्यक्रम लुम्बिनी कपिलवस्तु दिवस अभियान र जिलोङ नेप्लिज एसोशियसनले संयुक्त रुपमा आयोजना गरेको थियो ।

Comment