Monday , December 18 2017
Home / Featured News / भारत टी–२०विश्वकपको फाइनलमा

भारत टी–२०विश्वकपको फाइनलमा

बंग्लादेशमा जारी आइसीसी टी- २० विश्वकपको दोस्रो सेमी फाइनलमा दक्षिण अफ़्रीकालाई ६ विकेटले हराउँदै भारत फाइनलमा पुगेको छ । २३ चैतमा हुने टी-२० विश्वकपको फ़ाइनलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

२१ चैतमा भएको खेलमा विराट कोहलीको अर्धशतकको मद्दतले भारतले पाँच बल बाँकी छँदै चार विकेट गुमाएर लक्ष्यमा पुग्न सफल भयो । विराट कोहली म्यान अफ द म्याच भए । दक्षिण अफ़्रीकाले पहिले खेल्दै २० ओभरमा चार विकेट गुमाएर १७२ रन बनाएको थियो ।भारतका तर्फबाट सबैभन्दा धेरै विराट कोहलीले नटआउट ७२ रन बनाए । सुरेश रैनाले १० बलमा २१ रन बनाए । १७२ रन बनाए पनि बलिङ प्रभावशाली नहुँदा दक्षिण अफ्रिकाले हार ब्यहोर्नुपयो ।f3a26ed8969978d641fb1c106b031fed_L

विश्व ट्वान्टी–२० को पाँचौं संस्करणमा भारत दोस्रोपटक फाइनल पुगेको हो। २००७ मा दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै भारत विजेता बनेको थियो। भारतले आइतबार ढाकामा दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकासँग फाइनल खेल्नेछ। आइसिसीको प्रतियोगितामा निर्णायक खेलहरूमा हार्ने दक्षिण अफ्रिका फेरि एकपटक विश्व स्तरीय प्रतियोगिताको सेमिफाइनलमै रोकियो। त्यसविपरीत महेन्द्रसिंह धोनीको कप्तानीमा भारत लगातार तेस्रो प्रमुख उपाधि नजिक पुगेको छ। भारतले धोनीको कप्तानीमा २०११ को एकदिवसीय विश्वकप र गत वर्ष मिनी विश्वकप मानिएको च्याम्पियन्स ट्रफी जितेको थियो। ‘सबैले देखेका छन्, जसले खेलेर अनुभव गरेका छन्, त्यो भन्दा विकेट अझ राम्रो देखिएको छ। त्यसैले उनीहरूलाई लक्ष्य पछ्याउन सकिन्छ भन्नेमा विश्वास थियो। यो आफैमाथि विश्वासमात्र नभएर एक अर्काप्रतिको विश्वास पनि थियो,’ कोहलीको प्रशंसा गर्दै धोनीले भने, ‘विराटजस्तो एकरुपको प्रदर्शन गरिरहने खेलाडी धेरै छैनन्। उनी तेस्रो नम्बरमा खेल्नु निकै राम्रो हो।’ धोनीका प्रतिद्वन्द्वी समकक्षी फाफ डु प्लेसिसले पनि कोहलीको प्रशंसा गरे।‘हामीले राम्रो स्कोर बनाएका हौं, तर दुःखलाग्दो पक्ष के हो भने धोनी र उनको टोलीलाई कसरी त्यत्रो रन बनाउनुपर्छ भन्ने थाहा थियो, भारतले यसअघि धेरैपटक यो सावित गरिसकेको छ र आज विराटले राम्रो खेले।’ – See more at:

Comment